सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • निमा लामाको ‘भेट्लास है’ र्‍याप गीत सार्वजनिक
मनोरञ्जन

निमा लामाको ‘भेट्लास है’ र्‍याप गीत सार्वजनिक

काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । पछील्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मितास्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ ।

गीतलाईबिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो । पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मीविवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनीसम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिकभिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्लेनिर्देशन,कोरियोग्राफी र सम्पादन गरेका हुन भने राजु तामाङले कलर गरेका हुन् ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा,मरिचमनयोन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनयसमेटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार