शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • तम्री माले दिया जति हाम्री मा पोख्नी छिँ !
बझाङी भाषा

तम्री माले दिया जति हाम्री मा पोख्नी छिँ !

विद्यार्थी भाइबिनाहरू,
मुइले बझाङीमा विज्ञान–३ मा ‘बगाउनु धन रे निच्छला मार्ना चेला कइका हुन्ना’ भन्या शीर्षकमी हाम्रो देशमा जलस्रोत सम्भावनाको सम्पदा त्यँई बगेर खण गयाका कुणा हर्याको छियाँ । जलस्रोत रे पर्यटन मात्तै होइन बझाङको जैविक सम्पदा पन मस्तै छ । हामुले रायाको प नाइँ ! खप्तड, साइपाल, सुर्माजसा ठाउँणा हाउराई माइस र बाइरका माइस (आन्तरिक तथा बाह्य पर्यटक) लाई आकर्षित अन्र्या अरी याँका पर्यटकीय स्थलको विकास रे जैविक सम्पदा (वनौणाका चणाचुणी, जनावर र घाँसपात, फलफूल, बोटा र जडीबुटी) अन्धिरै छ । यइको रेखदेख, प्रवद्र्धन रे चाया जति काम अन्र्या हाउरा दाजुभाई ब्याङ्लोर झानु पन्र्या दुःख पन कम हुन्या छियो । मु आज तमुखी बझाङको जैविक सम्पदाका बारेमी भन्दो भयाँ हा त ।

बझाङका अल्का÷अल्का ठाउँमी पाइन्या जणामणा जसो सुर्मा, साइपाल, छविसपाथिभेरा, दुर्गाथली, मष्टा, तल्कोट, खप्तडछान्ना गाउँपालिकाका लेकतिर पाइदा छन् । हत्वाजडी, सत्वा, वन प्याज, जिम्ब्बू (फरन), कटुकी, धुबिजडा, धाइयका फूल, बोझो, दालचिनी, टिम्मुर, सल्लाको खोटो, भकामिलो, अमला, पाती, सिमललाई नगदी बालीको रूपमा उत्पादन अन्र्या रे जम्मा अन्र्या त्यइखी पिन्न्या (प्रशोधन), बजार व्यवस्थापन अरी स्थानीय आम्दानीको स्रोत बढाउन पनि सकिन्या हो । वनउणाका फलफूल ड्राई फुड जसो बनाइ धनगढी, काठमाडौं, विदेशतिर पनि पठाउन सकिन्या छ । सुकाइबन्ट, प्याक अन्र्या प्रविधि भित्र्याउनु पण्न्र्या धेकिन्छ । काफल, मेल, मलया, खनिया, तिमिला, चुत्रा, काली ऐसेलु, घंगारु, गुयलाजसा फलफूललाई ड्राइफुड जसो बनाइन पनि पिन्न सकिँदो छ । यइखी पिनेर बजारौणो बेच्न पनि सकिँदो छ ।

खप्तडमा राष्ट्रिय निकुञ्जमी मात्तै फूल लालीगुराँस, प्राइम्यूल्स, बटरकपलगायत ५६७ प्रजातिका फूल (नेपालको कुल पुष्पधारी वृक्षहरूको ११ प्रतिशत), हत्वाजणी, चिराइतो, भकामिलो, दालचिनीलगायत २२४ पहिचान भएका जडीबुटी र राष्ट्रिय चरा डाँफे, मुनाल, फक्रांस, तित्रा, कालिज, चाखुरोजसा २७० भन्दा बढी चणाचुणी बास बस्ता छन् । खप्तडखी पर्यावरण पर्यटन र जातीय वनस्पतिशास्त्रको केन्द्र बनाउनाखी सबैले लाग्या राम्णो हुन्या हो ।

जैविक विविधताको स्थानीय विकासमा भूमिका

जैविक विविधताको हेरविचार, भयाभरका प्रजातिहरूको बस्न्या ठाउँको रेखदेख रे मौलिक आनुवंशिक विविधताको सम्वद्र्धनजसा कुणाले हाम्रो स्वास्थ्य, खानु, इन्धन रे बस्न्या ठौर पनि जोण्याको छ । चडा नभया किडाले सबैइ खेतीपाती खाई दिन्छन् । किडा नभया फूलबाट परागसेचन भई फल लाग्दाइन प ! त्यसाइले हरेक वनस्पति, जीवजन्तु हामुखी बाँच्नाखी चाईना छन् ! पोरका वर्षको बाणीले बझाङमा जिउला, गडा बगायो । परार हिउँद रुणो पणी गहुँ खासै फलेइन । आज साइपाल, सुर्माका हिमाल पनि कार्बनका कण जम्मा भइ प्रदूषित ‘कालो हिउँ’ जम्मा भयाको खबर छ । त्यइ ठौर हिउँ पनि बिलाउन लाग्याको छ । हिउँ पहिरो झान्या हिउतालको फुट्न्या, हिम चट्टानहरू टुक्रिन्या जसा भयाका छन् ।

यसरी हुन्या जलवायु परिवर्तनले बेमौसमी बाढी, पहिरोको प्रकोप बढ्न्या हुँदा छन् । कैलई खडेरी पनि पण्दो छ । वातावरण जोगाई राख्न सक्या मात्तै यसा विपद् कम अर्न सकिँदो छ । जलवायु परिवर्तनको प्रकोपबाट होइ बाच्नाखी मस्तै वन तथा प्रकृति बचाउनु पण्दो छ । वन जंगल काट्यापछि भू–क्षय, बाणी पहिरो आउँदो छ । खेतीपाती अन्र्या जिउला जिउला कम हुँदा छन् । वाँछी सब्बुकी खान अनाज पुग्दोइन ।

जैविक विविधता संरक्षण अर्यापछि पछिसम्मका लागि पनि दिगो खाद्य उत्पादन, माटोमा प्राङ्गारिक मल बनाउने पोषक तत्वहरू सञ्चार, बाली रोगहरू नियन्त्रण र फूलहरूमा पराग सेचन गर्ने किणा रे रैथान्या जातका आनुवंशिक स्रोतहरूको संरक्षण अर्नुपर्दछ । गाँस बासका लागि जंगली जनावरको धेरै सिकार रे मस्तै वनजंगल फणानीजसा मानवजन्य दोहनकारी गतिविधिहरूले जैविक विविधताखी क्षय अर्न सक्तो छ ।

आर्थिक वृद्धि र गरिब मक अर्नाखी जैविक विविधता संरक्षण अर्नु अति आवश्यक छ । विश्वका अधिकांश ग्रामीण क्षेत्रमा बसोबास गर्ने करिब १.६ अर्ब जनता आफ्नो जीविकोपार्जनका लागि वन, पानी, सिमसार, खेत र चरनमा निर्भर छन् । त्याँकाले जैविक सम्पदाको प्रयोग नवीकरणीय ठंगले भया राउणो हुन्छ । जैविक विविधता संरक्षणले जलवायु परिवर्तन भयापछि हुन्या असरखी पन कम अर्दो छ ।

वायुमण्डलमी कार्बनडाइअक्साइडको मात्रा घटाउन, बाणी र आँधीबेहरीका विनासकारी प्रभावहरूलाई कम गर्छ । जलवायु परिवर्तनको प्रभावमा प्रजाति र पारिस्थितिक प्रणाली भंग हुन्या जोखिम पनि कम अर्ने परियोजनाहरू चाँइदा छन् । सफा हावा, शुद्ध पानी, माहुरी, पुतलीजसा परागसेचन जस्ता पारिस्थितिक प्रणालीको संरक्षणले स्थानीयको खाद्य सुरक्षा सुनिश्चित अर्दो छ ।

दिगो विकासका लागि प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोग !

दुर्लभ प्राकृतिक स्रोतहरू झन् सन्तुलनका साथ उपयोग गर्नुपर्छ । उदाहरणका लागी नेपालको उच्च पहाडी भेगमा समुद्री सतहदेखि ३ हजार ५ सय देखि ५ हजार ५ सय मिटर उचाइका घाम लाग्ने पाटनमा यार्चागुम्बा (किरा) पाइन्छ । दशकौँ देखी बझाङ सुर्मा जस्ता हिमाली भेगमा पर्ने गाउँपालिका बाट धानसेरी जस्ता पाटनमा यार्सा सङ्कलन गरेर हजारौँ मानिस जीविकोपार्जन गर्दै आएका छन्। तर वैश्विक तापक्रम बढ्दै जानु र यार्सा धेरै सङ्कलन हुनाले एक दशक अघि हजार किलो सम्म सङ्कलन हुने किरा आजकाल केही सय किलोमा झरी सकेको छ । यही गतिमा दोहन जारी रहे एक दिन लोप पनि हुन सक्छ । त्यस्तै चोरी सिकारीको मारमा कालिज, तित्रा, घोरल, रतुवा, भालु, थार जस्ता जङ्गली जनावर पनि लोपोन्मुख छन् । उस्सै पाया तीन पाथी चुक पन सुड्क्याउन्या बानीले विनाश ल्याउँछ !

प्राकृतिक स्रोतसाधनको दुरुपयोग र जैविक विविधतामा हानी पुर्‍याउँदा गरिबी र अस्थिरता बढ्छ । व्यक्तिहरू र स्थानीय समुदायको प्राकृतिक स्रोतहरूको प्रयोग गर्न पाउने अधिकार सुरक्षित गरी स्थानीय समुदायहरूलाई सुसूचित गर्दै दिगो विकास र संरक्षणप्रति जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न प्रेरित गर्न सके जैविक र प्राकृतिक सम्पदाहरूले पर्यावरणको सुन्दरता बढाउनुका साथै रैथाने समुदायको आर्थिक वृद्धिको अवसरहरू प्रदान गर्छ ।

हाम्रा बुवा बाज्याका पुस्ताले वातावरणमैत्री जीवन यापन हरी आया । आज हामी देश विकास गर्न लगभग ऋण र अनुदानमा नै आश्रित छौँ जबकि हाम्रो आफ्नै प्राकृतिक सम्पदाको सन्तुलित उपयोग गरेर दिगो विकाश गर्ने भ्याङ्कर सम्भावना छ । यो त सुनका कटौरामी भीख माग्या जह भयो! प्रकृति त आमा हुन् हाम्रो पालन पोषण हर्न्या । अरू क्या दिँदा हुन् प्रकृति माताले दिया जह ! तम्म्री माईले दिया जति हाम्री माई पोख्नीछिँ !

(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार