शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • चिड्को (चट्याङ्ग) पड्नाको विज्ञान !
बझाङी भाषा

चिड्को (चट्याङ्ग) पड्नाको विज्ञान !

विद्यार्थी भाइबिनाहरू,
तमुले कसुका गडा कैकाई गोरुले सरु खाई दिया बौजुले डाँडा मुथिनी झाई धार्या हात लाई गाल्दियाको त सुन्याकाई हौला ! “तेरा घर चिड्को पडिझाउ ! ती डिँगा निकहरी बानी हल्या क्या हुँदो हो !” तर तमुलाई थाहा छ चिड्कोको विज्ञान बुझेर उचित प्रविधि प्रयोग गरे घर चिड्को पड्या पन केई हुँदैन ! मुइले बझाङीमा विज्ञान १–३ मा ऊर्जा र विद्युत्को चर्चा हर्या छियाँ र भन्या खोलाको पानीमी सञ्चित भयाको स्थिर ऊर्जा शक्ति चलायमान शक्ति हुँदै परिणत विद्युत् ऊर्जा पनि परिणत गर्न सकिन्छ। मु आज तमुखी चिड्को पड्नाको विज्ञान वांछी यइमी हुन्या विद्युत् ऊर्जा को बारेमा भन्दो भयाँ भाइबिनाउ ।

चिड्को पड्नाको विज्ञान

चिड्को तब पड्छ जब बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्जहरू (इलेकट्रोनहरू) जमिनमा रहेको धनात्मक चार्जहरू (प्रोटोनहरू) यानि विपरीत चार्जहरू एक अर्खातिर आकर्षित हुन्छन् । कुचालक हावाको अवरोध हटाउनको लागि बिजुली चार्जहरूको सञ्चय पर्याप्त हुनुपर्छ । जब यो हुन्छ, ऋणात्मक चार्जहरूको धारा उच्च बिन्दु तिर खस्छ जहाँ गर्जनको तानले धनात्मक चार्जहरू संगृहीत भएका हुन्छन् ।

बादलको फेदमा रहेका ऋणात्मक चार्जहरूको शृंखला पर्याप्त मात्रामा पुगेपछि ऋणात्मक चार्जको खुट्किला सिडीझैँ विद्युत् धाराप्रवाह पृथ्वीतर्फ दौडिन्छ । जमिनमा भएका धनात्मक चार्जहरू यस सिडीतर्फ आकर्षित हुन्छन्, अनि धनात्मक चार्जको धारा जमिनबाट माथितिर बग्छ । यसरी बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्ज जमिनको धनात्मक चार्जसँग जोडिन्छ । जब ऋणात्मक चार्जको सिडी र सकारात्मक चार्ज मिलेर सर्किट बन्छ तब एक बलियो बिजुली प्रवाहले बादलमा धनात्मक चार्जहरू पुर्‍याउँछ । यो विद्युतीय प्रवाहलाई रिटर्न स्ट्रोक भनिन्छ । हामी यसलाई चट्याङको चम्किलो झुल्काको रूपमा देख्छौँ ।

यस बिन्दुमा हामी बिजुली देख्छौँ र गर्जन सुन्छौँ । गर्जन र चट्याङ लगभग एकै समयमा घट्छन्, तर तमी गर्जन माठा सुन्दा छौ र बिजुलीको चमक छाँटा धेक्दा छौ किनभने प्रकाश ध्वनिभन्दा मस्तै छाँटा हँड्छ । चट्याङमा हुने बिजुलीको एक झट्काले यसको वरिपरिको बयालोलाई ३०,००० डिग्री सेल्सियससम्म तताउन सक्छ ! यो चरम तापले बतासलाई विस्फोटक रूपमा छिटो विस्तार गर्दछ । गर्जन भनेको तीव्र गतिमा फैलिने हावाबाट निस्कने आवाज हो । विस्तारले एक झटका लहर सिर्जना गर्दछ जुन ध्वनि तरंगमा परिणत हुन्छ, जसलाई थन्डर भनिन्छ ।

भनिन्छ बेन्जामिन फ्र्यांकलिनले “आकाशको गर्जनसँग आउँदै गरेको आँधीलाई मैदानमा हिँड्ने मौका दिए” यानि आकाशबाट बिजुली ल्याउनको लागि चंगाको माध्यमबाट, बादल लागेका बेला तारको धागो जडित चंगा उडाई तारको अर्को छेउ लेडेन जार (एक विद्युतीय घडो जसले एक बाह्य स्रोतबाट बहेको उच्च–भोल्टेज विद्युतीय चार्जलाई एक जार भित्र र बाहिर विद्युतीय कन्डक्टरहरू बीच भण्डारण गर्दछ ।

यसलाई कन्डेनसर पनि भनिन्छ र यो प्रारम्भिक दिनको क्यापासिटर हो) मा जोडेका थिए । चंगामार्फत् देखिने बिजुलीले प्रहार गरेको थिएन तर लेडेन जारमा चार्ज संग्रहित भइरहेको कुरा पत्ता लगाए । जसमार्फत् आगोको झिल्का निकाल्न सकिन्थ्यो । फ्र्यांकलिनको यो प्रयोगले बिजुली र चट्याङ बीचको सम्बन्धलाई देखायो जसबाट पछि बिजुली चालक रड (लाइटनिङ कन्डक्टर) आविष्कार भयो । यै चालक रडको प्रयोग हर्या घरमा चिड्को पड्या पन केई हुँदैन ।

लाइटनिङ कन्डक्टर कहरी काम हर्दो छ त ?

बिजुली कन्डक्टर रड एक धातु हो जुन सामान्यतया भवन या टावरको उच्चतम बिन्दुमा राखिन्छ । लाइटनिङ कन्डक्टरहरू प्रायः तामा र एल्युमिनियमजस्ता सुचालक सामग्रीबाट बनेका हुन्छन् । लाइटनिङ कन्डक्टरहरूले चिड्कोलाई रोक्न सक्दैनन्, चिड्को पड्दा हुँदा पृथ्वीमा कम प्रतिरोधी मार्ग प्रदान गर्दछ । यसरी झट्का भवनको सट्टा कन्डक्टरमार्फत् जमिनमा प्रसारित हुन्छ ताकि बिजुली पछिको आगलागी वा बासिन्दाहरूलाई चोटपटकबाट जोगाउन सकिन्छ । तर, बिजुली कन्डक्टर ठीकसँग ग्राउन्ड गरिएको हुनुपर्छ । एक वा धेरै प्रकारका कन्डक्टरहरू, प्रायः धातु स्ट्रिपहरूको रूपमा, संरचनालाई यसमा प्रयोग गरिन्छ ।

चिड्को पड्दा बच्ने उपाय

चट्याङ पर्दा बाहिर कई ठाउँ सुरक्षित हुँदैन ! यदि तमुले गड्याङगुडुङ सुन्या भन्या छाँटाई सुरक्षित ठाउँ झाउ । घर बाइर पहाड, पहाडको चुचुराहरूजस्ता अग्ला ठाउँ बाटी तुरुन्तै ओर्लनु । रूखका तल कहिल्यै नउब्बिनु अनि दह ताल र खोला धेकी टाढा रनु । घर भित्त बिजुली सञ्चालन गर्ने वस्तुहरूबाट टाढा रहनु (तारको बार, पावर लाइनहरू आदि) । यैबेला बिजुलीका तार वा धातुका पाइपको काम नहर्नु । तार जोड्याका फोनहरू, कम्प्युटरहरू र अन्य विद्युतीय उपकरणहरूबाट जल्ले तमुखी बिजुलीसँग प्रत्यक्ष सम्पर्कमा राख्छ तिनु बाटी टाढा रहनु । झ्याल र ढोकाबाट टाढा रहनु । सिमेन्टको भुईँमा नबस्नुहोस्, र कंक्रिटका पर्खालहरूमा झुक्नु हुँदैन । सक्या कैका घर चिड्को नपडौ पडिगाया पनि यैको विज्ञान र प्रविधि बुझी उचित कदम लिए बच्न सकिन्छ ।

(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार