विद्यार्थी भाइबिनाहरू,
अस्ति हामुले ऊर्जाका भौतिक स्वरूप–स्थिर ऊर्जा र गतिमान ऊर्जाको कुणा हर्याँउ । मुइले यई हप्ता हामीले खान्या खानुमी र पेट्रोल, मट्टितेलजसा जीवाश्म ऊर्जाका स्रोतमी कसोरी ऊर्जा जन्मा हुँदो छ भन्ने विषयको कुणा हरुला भन्याको छियाँ । आऊ त आज त्यै बात हरु ।
म नानू हुँदा गर्मीका बिदामा वैशाख, जेठ काफल, ऐँस्यालु टिप्न झाँदा पनि जेठ, असार चल्लाका घोल हेर्न झाँदा झिक्कैसम्म वनम्बा हराउने भयाऊँ । वाँछी आमाले डाको हाली बन्ट ‘ए काँ बितायाको छै ? खान आ छाँटा । हेर यैको चकचक अध्द खाई बौलिदा अध्द भोकाई बौलिदा !’
हो, पेटभरि खाएको भया दिनभरि बौलिन पन पुग्दो । तर छकालै भोका पेटै वन बाइगया पछि बेल मध्य आकाश नपुग्दै भोक लाग्दो छ । केही सिरेवल, रोटा, गुड, गोट्टा ताया या मस्तै काफल, तिर्खुडा ताया केही लादाम्बाको आगो कम दकिन्छ । कति भोक लाग्न्या कुरो कति बोल्यौँ भन्नेमा भर पर्छ । मस्तै उकालो, ओरालो हर्या पन छाँटा भोक लाग्दो छ कि नाई । त्यसोइ हरी गाडीका इन्जिनमी पन डिजेल भरेको भया लामो यात्रा हर्न सकन्या भयो । हाम्रो पेट पन गाडीको पेट्रोल ट्यांक जसोइ हो । भरेको भया मस्तै हककंड्न सकिन्छ । भरी ट्याङ्की डिजेल भया बस या ट्रक चैनपुर होइ धनगढी पन पुग्ला आधी मात्तै भया खोड्पे गई पेट्रोल हाल्नु पड्डो छ ।
कहिले सोच्याका छौ कि ? खानुमी र पेट्रोलमी तागत (ऊर्जा) कहरी भरिँदो छ ? मैले बेलका ताप हो इनुमा ऊर्जा भरिएको भन्या क्या मानौला ? विज्ञानमा कसुले भन्यो भन्दाईमा पत्याउनु नाई । क्या, केइ, कसोरी, कैले काँ भयो भन्ने जाँ पनि प्रश्न हर्नु पण्दो छ । इनको चित्त बुझ्दो उत्तर नआया त्यईलाई फास मान्नु पड्यो विज्ञान हैन । विज्ञान परीक्षण र प्रमाण माँग्दो छ । कुनै घटना या काम बेला बेला (तकतक) हर्दा उही नतिजा नआया त्यो प्वाडी हुन्छ । वैज्ञानिक सिद्धान्त र नियम सब्बुखी, सबै ठाउँ लागू हुन्छन् । ल अब म भन्दो भयाँ बेल सूर्यको ऊर्जा खानुमी र पेट्रोलमी कहरी जम्मा भयो ।
सौर्य ऊर्जा सूर्यका बीचमी नाभिकीय संलयन प्रतिक्रिया हुँदा हाइड्रोजनका अणु खँदिएर हिलियममा संलयन हुन्छन् जसको द्रव्यमान संलयनमा भाग लिने नाभिकहरुको सम्मिलित द्रव्यमानभन्दा कम हुन्छ । यही संलयन प्रक्रियामा गुमेको द्रव्यमान ऊर्जामा रूपान्तरित हुँदो छ । जइखी अल्बर्ट आइस्टिनको प्रसिद्ध द्रव्यमान ऊर्जा समीकरण E = mc2 द्वारा जान्न सकिन्छ । सूर्य र ताराहरूको गर्भमा यो क्रिया सदाई रही रँदो छ । शास्त्रमी पनि सूर्यलाई हिरण्य गर्भ यानी सुनौलो (चम्किने) गर्भ भन्याको छ । नाभिकीय संलयनले सूर्यको केन्द्रमा उच्च ताप (१५० लाख डिग्री सेल्सियसको आसपास) निर्माण हुन्छ । यो ऊर्जा सूर्यबाट पृथ्वीमा विद्युत् चुम्बकीय तरङ्गहरू वा विकिरणमार्फत् प्रकाशकीय र ताप ऊर्जाको रुपमा प्रवाह हुन्छ । यसो क्या जाउको बखान हर्न लाग्या दाजु धेक्या ? प्रसङ्ग त सूर्यको ऊर्जा खानुमी र पेट्रोलमी कसोरी जम्मा भयो भन्न्या हो । त्याँई आउँदै छु पख ।
पृथ्वीको लगभग सबै जीवन सौर्य ऊर्जाकाई भर चल्याको छ । त्यसाईले ता हाम्रा शास्त्रहरूमा पनि सूर्यलाई सूर्यनारायण भन्दा छन् । आफ्नू खानु आफैँ बनाउन्या स्वपोषी वनस्पतिहरू आफ्नो पातमा अवस्थित हरित लवक (क्लोरोफिल) को माध्यमले प्रकाश संश्लेषण प्रक्रियाद्वारा प्रकाशकीय ऊर्जालाई रासायनिक ऊर्जामा परिवर्तित हर्दा छन् ।
प्रकाश संश्लेषण सूर्यका प्रकाशको उपस्थितिमा वायुबाट कार्बनडाइअक्साइड तथा भूमिदेखि जल लिएर जटिल कार्बनिक मल्य पदार्थहरू यानी कार्बोहाइड्रेट्सको निर्माण गर्दछन् तथा अक्सिजन ग्यास (O२) बाहिर निकाल्दा छन् । प्रकाश संश्लेषणको प्रक्रियामा सूर्यका प्रकाशको उपस्थितिमा बोटहरूको हरियो पातहरूको कोशिकाहरूका भित्र कार्बनडाइआक्साइड र पानीका संयोगले पहिला साधारण कार्बोहाइड्रेट र पछि जटिल काबोहाइड्रेटको ग्लूकोज, स्टार्च आदिको निर्माण हुन्छ र अक्सिजन ग्यास बाहिर निस्कँदो छ । जनावरले बिरुवाहरूद्वारा संश्लेषित खाद्यान्न खाने र यही प्रक्रियामा उत्सर्जित अक्सिजन श्वास फेन्र्या हुनाले प्रकाश संश्लेषणको प्रक्रिया सबैभन्दा महत्वपूर्ण जैव रासायनिक अभिक्रियाहरू हो र यसमा प्रत्यक्ष वा परोक्ष रूपले संसारका सबै सजीव आश्रित छन् ।
यति मात्र नभई आज हामीले उपयोग गर्ने जीवाश्म इन्धन (कोइला, पेट्रोल, डिजेल)मा सूर्यको प्रकाशकीय ऊर्जालाई रासायनिक ऊर्जामा सञ्चित गर्ने श्रेय पृथ्वीको प्राचीन कालमा करिब ३० देखि ३५ करोड वर्षअघि कार्बोनिफेरस (ल्याटिनः ‘कोइला–वाहक’) नामको भौगोलिक अवधिमा त्यो काल खण्डका आजका रुख जत्रो भीमकाय उन्याखी झान्छ । त्यस समय विश्वव्यापी रूपमा धेरै कोइला खानीहरू गठन भए थिए । जो कालान्तरमा जमिनमुनि भासिएर उच्च ताप र चापले गर्दा कोल र पेट्रोलियम पदार्थमा परिणत भएका थिए ।
वैज्ञानिकहरूले जीवाश्म इन्धन निकालेर प्रशोधित गर्ने विधिहरू विकास गरेर यसलाई ऊर्जाको रुपमा उपयोग गर्दै आएका छन् । तर, जीवाश्म इन्धन प्रज्वलन हरी ऊर्जा निकाल्ने प्रक्रियामा यसको निर्माणमा उपयोग भएको कार्बनडाइअक्साइड र उत्सर्जन भएको अक्सिजनको विपरित कार्बनडाइअक्साइड उत्सर्जन र अक्सिजनको खपत हुन्छ । अनि यस्तो जीवाश्म इन्धन प्राकृतिक रुपमा सुगठित हुन करोडौँ वर्ष लाग्न्या हुनाले यस्ता ऊर्जाका स्रोतहरूलाई अनविकरणीय ऊर्जा भनिन्छ । जबकी सौर्य ऊर्जा सजिलोइ अन्य ऊर्जामा रूपान्तरित गर्न मिल्न्या हुनाले नवीकरणीय ऊर्जा भनिन्छ । आज विश्वमा अनविकरणीय ऊर्जाको खपत बढी हुनाले हामी ऊर्जा संकटतर्फ सँगै वातावरण प्रदूषण र जलवायु परिवर्तनको विकराल अवस्थाउन्मुख भयाका हौं ।
कार्बोनिफेरस भौगोलिक काल खण्डको उन्याको जंगलको चित्रित परिकल्पनाः ३५ करोड वर्षअघि कार्बोनिफेरस (ल्याटिनः ‘कोइला–वाहक’) नामको भौगोलिक अवधिमा त्यो काल खण्डका आजका रुख जत्रो भीमकाय उन्याखी जान्छ । त्यइ बेला विश्वव्यापी रूपमा धेरै कोइला खानीहरू गठन भएका थिए जो कालान्तरमा जमिनमुनि भासिएर उच्च ताप र चापले गर्दा कोल र पेट्रोलियम पदार्थका खानीहरूमा परिणत भए ।
आज साइपाल, सुर्माका हिमालमा हिउँमा समेत कार्बनका कण जम्मा हुने क्रम बढ्दा प्रदूषित ‘कालो हिउँ’ जम्मा भएको खबर प्रति हाम्रा बझाङका खोज पत्रकार बसन्तप्रताप सिंहले सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै आएका छन् । यसरी हिउँमुथीनी जम्मा भयाको कालो कार्बनका कणले सूर्यको ताप बढी सोसेर हिउँ छिटो पग्लिन्या हुँदो छ । यस्तो हुनुमा वैस्विक स्तरमा बढ्दै गएको कार्बन उत्सर्जन र स्थानीय स्तरमा मेलामा डढेलो लगाउनेजस्ता मानवजन्य गतिविधि मुख्य कारक हुन् ? । यसले हिउँ पग्लिने क्रम बढ्दै गया हिउपहिरो जाने, हिमतालको फुट्न्या, हिम चट्टानहरू टुक्रिन्या हुँदा छन् ।
यसरी जलवायु परिवर्तनले बेमौसमी बाढी, पहिरोको प्रकोप बढ्न्या हुँदा छन् । कैलई खडेरी पनि पण्दो छ । कार्बन उत्सर्जन घटाएर वातावरण जोगाइ राख्यो भन्या यस्ता विपद् कम हर्न सकिँदो छ । ऊर्जा संकट, वातावरण प्रदूषण र जलवायु परिवर्तनको प्रकोपबाट बच्न बढीभन्दा बढी नवीकरणीय ऊर्जाको उपयोग गर्नु पण्दो छ । नेपालमा जलविद्युतको भ्यांकर ठूलो सम्भावना छ । जलविद्युतद्वारा कसरी नवीकरणीय ऊर्जा उत्पादन हुँदो छ भन्न्या मु अर्खा आइतबारका लेखहरूमी तमुखी भनुँला भाइबिनाउ ।
(मु हप्ता दिनको वा १५ दिनको यो स्तम्भबाट विज्ञानका अवधारणा गाउँघरको बझाङी भाषामा व्याख्या हन्र्या छु । हाउरा दिनका दिन हुन्या काम (क्रियाकलाप) का पछाडि रह्याका वैज्ञानिक कारण र विधिहरूमाथि जानकारी दिँदै विद्यार्थी, शिक्षक र विज्ञानका पारखी सबुईखी नानु सिक्न्या मौका होइझाला रे ती वैज्ञानिक विधिलाई हाउरा बानीउणा उतारी गाउँ घरउणाका असजी काम सजी बनाउन्या रे गाउँघरमी उद्यमशीलता (गरी खान्या बाटो) मा केही फाइदा होला भनीबन्ट स्तम्भ लेख्याको हो ।)
(लेख्न्याबाला जोशी खप्तडछान्ना–५ पिठातोलाका हुन् । अचेल जोशी युनिभर्सिटी अफ म्यासाचुसेट्स अमेरिकामा रसायन शास्त्रमा विद्यावारिधि (पीएचडी) हर्न लाग्याका छन् ।
फेसबुक प्रतिक्रियाहरु