शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सिर्जना सिंह भन्छिन् : मेयर जित्ने अझै आशा बाँकी छ
बागमती प्रदेश

सिर्जना सिंह भन्छिन् : मेयर जित्ने अझै आशा बाँकी छ

काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहले मेयर बन्ने आश अझै बाँकी रहेको बताएकी छन् ।

मतगणनास्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले महानगरको धेरै मत अझै गन्न बाँकी रहेकोले जित्ने आश रहेको बताएकी हुन् ।

६० हजार मात्रै गणना भएको हुँदा अहिले नै जीत हार भइ नसकेको उनले बताइन् । सिंहले अपेक्षा गरेको जति मत नआएको संकेत गरे पनि यो विषयमा भने सबै मतगणना सकिसकेपछि मात्रै बोल्ने प्रतिक्रिया दिइन् ।

देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्नेभन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छ भन्ने आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु ।’

पछिल्लो मत परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २२ हजार ८४२ मतका अग्र स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव स्थापितको ११ हजार ७६९ मत रहेको छ भने सिंहले १० हजार ९८६ मत प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार