सोमवार, पुस ८, २०८१
  • होमपेज
  • को हुन् बुढानिलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार चालिसे ?
बागमती प्रदेश

को हुन् बुढानिलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार चालिसे ?

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बनेका विनोद चालिसे स्थानीय स्तरमा समाजसेवीको रूपमा परिचय बनाएका व्यक्ति हुन् ।

पछिल्लो समय नेपालका राजनीतिक दलहरूले यसैलाई कमाइ खाने भाँडो बनाएकोले राजनीति दिन प्रतिदिन बिग्रँदै गएको उनको बुझाइ छ । नेपाली कांग्रेस देशप्रति इमानदार र नैतिकता भएको पार्टी भएको उल्लेख गर्दै आसन्न स्थानीय निर्वाचनमा आफ्नो दलले धेरै स्थानमा जित्ने दाबी चालिसेको रहेको छ ।

वडा ११. कपनको स्थायी वासिन्दा चालिसेले ०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका हुन् । जिल्ला क्षेत्र नं ४ को क्षेत्रीय समितिको सचिव, नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ प्रदेश ‘ख’ समितिको सभापति हुँदै पछिल्लो महाधिवेशनमा बुढानिलकण्ठबाट महाधिवेशन प्रतिनिधि बनेका चालिसेको ०४८ सालमा भएको संसदीय निर्वाचन र ०४९ सालको स्थानीय निकायहरूको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन उल्लेखनीय भूमिका रहेको छ ।

‘राजनीतिमा शिक्षित तथा युवा’ भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशकको सबैभन्दा ठुलो र प्रभावशाली विषय हो । जति राजनीतिमा युवा र शिक्षितको कुरा गरे पनि अझै पार्टीहरूको त्यसलाई कार्यान्वयन गर्न नसकिरहेको परिदृश्यमा चालिसे एक विषयमा स्नातकोत्तर उत्तीर्ण र बिएड सक्काएका छन् । सबैसँग सहजै घुलमिल हुने स्वभावका पाण्डे अत्यन्तै सरल, निडर, हँसिलो, फरासिलो खुलेर बोल्ने स्वभावका छन् । ‘व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानिलकण्ठ हाम्रो रहर’ भन्ने चालिसेको नारा रहेको छ ।

समग्र बुढानिलकन्ठ नगरपालिकाको विकासको लागि युवा जनजागरण अभियानका सयौँ युवाहरूसँग हातमा हात र काँधमा काँध मिलाई समग्र बुढानिलकन्ठ नगरवासीको सेवामा समर्पित चालिसेले नगरपालिकाको भौगोलिक सामाजिक, धार्मिक, सांस्कृतिक राजनीतिक अवस्थालाई नजिकबाट बुझेका छन् । नगरपालिकाका अपाङ्ग, दलित, महिला, जनजाति लगायतको उत्थान नगरीकन बुढानिलकन्ठको समग्र विकास सम्भव नहुने कुरा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार