शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • फेस्टको एकेडेमिक डाइरेक्टरमा ई. भट्ट नियुक्त
सूचना-प्रविधि

फेस्टको एकेडेमिक डाइरेक्टरमा ई. भट्ट नियुक्त

काठमाडौं । फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त भएका छन् । फेस्ट कम्पनी विशेषत शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुको लागि निरन्तर काम गरिरहेको छ । डिजिटल बोर्ड नामक प्रोडक्ट बनाएर सातै प्रदेशमा काम गरिरहेको छ ।

फेस्ट डिजिटल बोर्ड स्कुल, कलेज, क्याम्पस र विभिन्न विश्वविद्यालयहरुको लागि अति उपयोगी क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तर्राष्ट्रिय स्थरको शैक्षिक प्रवर्द्धन सूचना प्रणाली तथा गुणस्तरीय एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली वेब एप्लिकेशन, डेस्टप र मोबाइल एप्लिकेशन हो ।

नवनियुक्त ई.भट्टलाई फेस्ट कम्पनीका संस्थापक अध्यक्ष धिरेन्द्रचन्द सोडारी र सीईओ ई. विक्कि महले स्वागत गरेका छन् । भट्ट NCIT,  NIST, NCCS, Swastik College, Dhangadhi Enginnering College , Valley View College अन्य विभिन्न कलेजमा अध्यापन गराइसकेका छन् । उनी लामो समयदेखि अध्यापन सँगसँगै विभिन्न आइटी कम्पनीमा पनि आवद्ध भएर अनुसन्धानमा काम गरिसकेका छन् ।

आगामी दिन थप अगाडि बढ्नुको लागि फेस्ट कम्पनीले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु, कृत्रिम बौद्धिकता, अनुसन्धान, अविष्कार, नवचारमा रहेर प्रोग्रामहरु गर्ने,  स्र्टाफहरुलाई तालिम, शिक्षण सिकाई सम्बन्धित कार्यक्रमहरु, विभिन्न कार्यशाला, विभिन्न स्कुल कलेजहरुमा विभिन्न विज्ञान र प्रविधिसम्बन्धि तालिम, टेक्निकल सर्पोट, हार्डवयर सम्बन्धित तालिम अन्य लगायतका विभिन्न व्यावसायिक तालिमलगायत विभिन्न प्रोग्रामहरु सञ्चालन हुने फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताए ।

फ्युचर फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले लकडाउन निःशुल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने कोभिडको बेला अनलाइनमार्फत् सयौँ जनालाई निःशुल्क सी र सी प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाएको थियो । फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटीसम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसीप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।

फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ७ वर्षदेखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्ट कम्पनीका संस्थापक महतले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै