शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आमसभा सम्बोधन गर्न हुम्ला जाँदै एमाले अध्यक्ष ओली
Breaking News

आमसभा सम्बोधन गर्न हुम्ला जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेको एमालेले जनाएको छ ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रीत दुई वटा बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको भने जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बाेधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार