शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • महिला उद्यमीलाई सूचना प्रविधि सम्बन्धी तालिम दिइने
समाचार

महिला उद्यमीलाई सूचना प्रविधि सम्बन्धी तालिम दिइने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने बताए । सूचना प्रविधिको विकास तीब्र गतिमा अघि बढीरहेको भन्दै उनले उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए। विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकतामा दिनुपर्ने बताए ।

तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाईट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिए । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै