मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • समयभित्रै मेलम्ची खानेपानी काठमाण्डौ उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको : मन्त्री चाैधरी
बागमती प्रदेश

समयभित्रै मेलम्ची खानेपानी काठमाण्डौ उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको : मन्त्री चाैधरी

 

खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाण्डौ उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाण्डौवासीलाई उपलब्ध गराउने गरी मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबीसमेत गरे ।
नेपाल खानेपानी संस्थानको ३३ औँ वार्षिकोत्सवको अवसर पारेर आज आइतवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाण्डौवासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै काममा ढिलाइ बताए । मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने घोषणासमेत गरे । केही वर्षदेखि यो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाइसकेको बतएका छन् । मन्त्री चौधरीले यो आयोग अन्तर्गत रहेर सरकारले आमनागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार