शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै
मधेस प्रदेश

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

 

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ। गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो। सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह ९कमल०, रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए। यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो।

धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यूटावर निर्माणका लागि मधेस प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको छ। देशकै सबैभन्दा होचो स्थान मुखियापट्टी मुसहरनियाँमा भ्यूटावर बनाउन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार