बिहिबार, भदौ २७, २०८१
  • होमपेज
  • तीनमुखे झोलुंगे पुल निर्माण अन्तिम चरणमा
बागमती प्रदेश

तीनमुखे झोलुंगे पुल निर्माण अन्तिम चरणमा

काठमाडौं । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुंगे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ ।

२०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए । सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुनेछ । स्याङ्जा, पाल्पा र गुल्मी तीन जिल्लाको मध्यभागमा पर्ने गरी १७७ मिटर अग्लो मुख्य पिलर निर्माण गरिएको छ । तीन जिल्लाबाट लठ्ठा तानेर मुख्य पिलरमा जोडिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार