आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • ६ महिनापछि खुल्यो चन्द्रागिरीको प्रभात मावि
बागमती प्रदेश

६ महिनापछि खुल्यो चन्द्रागिरीको प्रभात मावि

इन्टरनेट र मोवाइल ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी नभएपछि चन्द्रागिरि नगरपालिका ७ स्थित महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालय सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’

निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार