काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई गृह मन्त्रालयले ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि गर्न भन्दै ११ वटा क्षेत्रसम्बद्ध निर्देशनहरु दिइएको हो । गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले ७७ वटै जिल्ला प्रशासन […]