आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • बझाङ उपनिर्वाचन अपडेट : एमालेको अग्रता कायमै, कांग्रेस तेस्रो स्थानमा
समाचार

बझाङ उपनिर्वाचन अपडेट : एमालेको अग्रता कायमै, कांग्रेस तेस्रो स्थानमा

बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका–९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेकपा (एमाले) ले अग्रता कायमै गरेको छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार तीन सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार दुई सय ८९, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार