शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बझाङ उपनिर्वाचन : ४९.१२ प्रतिशत मत खस्यो
Breaking News

बझाङ उपनिर्वाचन : ४९.१२ प्रतिशत मत खस्यो

चैनपुर (बझाङ) । प्रदेशसभा १ को उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साँझ ५ बजेसम्म ४९.१२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता थिए ।

बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताको संख्या न्यून रहेको उनले बताए । जिल्लाका ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको लामिछानेले बताए ।

बझाङमा विभिन्न दलका ११ जना उम्मेदवार छन् । एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेकबहादुर सिंह, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार