सोमवार, अशोज २८, २०८१
Breaking News

कमरेड : जय लाल ! जय श्री राम !

मत्स्यावतारको कालापानीमा गरौँ अभिषेक
कुर्मावतारले समुन्द्र मन्थनमा उचाले लिपुलेक

धर्म अफिम हो कमरेड, सत्ता टिकाऔं नशाकै भरमा
बराह बराह क्षेत्रमा, नरसिंह प्रकट अब सिंह दरबारमा !!

बामन त सब नेपालका नेता ओली, नेपाल, दाहाल
राजा फाल्ने परशुराम, चितवनको माडीमा जन्मे राम

मथुरा मकवानपुर हो कृष्ण जन्मेको बदलेछन् नाम
बुद्ध लुम्बिनीमा जन्मे कति दोहोर्‍याउनु बारम्बार ?

बरु भनौँ चितवनमा जन्मी गोर्खामा हुर्के दसौँ अवतार
कलिका कल्कि अवतार क. प्रचण्ड हिन्दु धर्मका सार !!

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार