जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्य हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाइराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी आज हामुले नेपाल पत्रकार महासंघका पैलीका अध्यक्ष जगदीश रोकायासात कुणा अर्याका छौँ ।
स्वागत छ तमुखी !
– धन्यवाद ।
तमुले पत्रकारिता अर्न्या बेला कसो छियो बझाङीको अवस्था ?
– हामुले पत्रकारिता अर्न्याबेला खासै कैइ विकास भ्याको छेइन । बझाङका सदरमुकाम चैनपुरमी पन गाडी पुग्याका छ्याइन । बिजुलीको राष्ट्रिय लाइन छ्याइन । नमाइगो जुनकिणीजसो याँकै बिजुली छियो । फोन, टेलिफोन छ्याइन । इन्टरनेट छ्याइन । साह्रै दुःखका दिन थियाँ । गाँउघर चर्पी थियान । मु चैनपुर पत्रकारिता गर्न २०६२ सालतिर आउँदा पुरानो बैंक पछाडी डेरा छियो । उतिबेला हामी कुलाका पानीले भाँडाकुँडा, लुगा धुँदा छियाउँ । पत्रकार पन कोइ थियान्यौ जगत खड्का जी, दीपक ओली जी रे म छ्याउ । एफोर साइजको कागजमी समाचार लेखी फ्याक्सगरी समाचार हाल्या छ्याउ । धनगढीको सेती समाचार पत्रको मु याँको संबाददाता हुुँदा २०६० साल तिर फुलिष्केपमी समाचार लेखी प्लेनमा खाममा समाचार हालेर धनगढी समाचार पठाएको मुखी अझै सम्झना छ । ऐले त निकै विकास भयो खुशी लाग्छ ।
जिल्लामी कति छिया पत्रकार त्यइबेला, मिडिया कति छिया ?
– खासै कोही छ्याइन म चैनपुर आउँदा । अगाडी जगत जी, दीपक जी छिया, तर त्योभन्दा पन अगाडी हामुले थलारामा २०५८ सालतिर पत्रिका खोली मुइले त्यहाँ काम गरेको थियाँ । मिडिया हमुले खोल्याको पत्रिकाइ हो । पइलो सेती साइपाल साप्ताहिक । २०५८ सालतिर खोल्याका हौ । अरु राससमा त्यो भन्दा अगाडी प्रतिनिधि छियाँ भन्या कुडा सुन्याको छ्याँ । पछि रेडिया पन खुल्या, अरू पत्रिका पन आया । पत्रिका सबुई हराया । रेडियो भन्या छँदाइछन् ।
उइल रे आजभोल क्या फरक मान्या त पत्रकार रे पत्रकारिता ?
– उइलका आफ्नै समस्या सवाल छियाँ । आजकालका आफ्नाई समस्या सवाल छन् । यो समय परिवेशले पत्रकारको पत्रकारिता अगाडी बढ्न्या कुणो हो । समस्या त छन् । तर, उइलेका जसा अब समस्या रहेन । देश दुनियाँ धेरै अगाडी बणी सक्यो । मान्छेको जन जीवन लयाई, खवाई, पढाई, लेखाइ, कमाई काज बण्यो । बझाड चैनपुरमा सुरूमा मोटरसाइकल हेर्नेको भीड हुन्थ्यो । अहिले बस गाडी सबैका । हातहात इन्टरनेट । सूचना जानकारी मनोरञ्जन ज्ञानगुनका कुणा सुन्नाखी अब पत्रपत्रिका रेडियो मात्रै आवश्यक भयाइन ।
खासमा यो पत्रकारिता भन्याको क्या रैछ ?
– यो कसो भन्या पत्रकार भन्याको एउटा पैदन सिपाही जसो हो । दिनभर गाँउघरमा घुमफेर अरी कुणाकानी जानकारी लिइ, दुनियाँखी जानकारी हुन्या कुणा रेडियो टेलिभिजन, अखबारको माध्यमबाट जानकारी दिन्याँ । पत्रकार समाजको ऐना हो भन्नाछ्या उहिलका । अब सूचना सञ्चारका अरू धेरै माध्यम आइग्या । पत्रकार पत्रकारिता ओझेलमा पड्यो ।
यई पत्रकारिताका कामले हाउरा गाउँ ठाउँ फेरिन्ना क ?
पत्रकारिताले फेरिन्ना त मु भन्न सक्तोइन । तर, पत्रकारको पनि भूमिका हुन्छ सवाल समस्या उजार गर्ने । ओझेलमा परेका राउडा काम ठाँउको उजागर गर्ने । खासमा हाम्रो पुलको काम हो सरकार र जनताको कुरा सुनाउने खेदाउने । सरकारलाई घचघच्याउने दबाब सिर्जना गर्ने, सर्वजनिक निकायलाई जवाफदेही बनाउने हो खासमा ।
पत्रकारिताखी गाउँ ठाउँको चित्र बनाउनाखी क्या काम अर्नु पण्यो त ?
– यो पत्रकारिता भन्याको कुुनै बनावटी कुुडो होइन यो भावनामा बहकाउने पनि हैन । यो त सत्य, तथ्य, निष्पक्ष र विश्वसनीयताका आधारमी भएर घटना सवाल समस्या राउडो नराउडो लेख्न्या कुरा हो । यो लेखीबन्ट हामुले त्यई ठौरका माइसखी बुझाउन सक्नु पण्यो । बुझाउन सक्या मात्तै चित्र होला । बुझाउन नसक्या उँ आफ्नाई तिर, पत्रकार आफ्नाई तिर हुन्छन् । यिन्ने कसैको, कसै सात पन सम्बन्ध बनाउँदोइन ।
पत्रकारले केइ नानु लेख्या पन, सम्चार बनाया पन माइकी दिँदा, कुट्न आउँदा छन् न । यिनको सुरक्षा कन्नेई अर्नु पण्दोइन ?
– पत्रकारको सुुरक्षा होइन, पत्रकार आफैं होसियार चाँही हुुनै पर्छ । किनकी दुुनियामा राम्रो र नराम्रो काम भइरँदो छ । मान्छेको सोच विचार मन भावना एकै नासको हुदोइन । पत्रकार पनि यहि समाजको हो । समाज सुुधार गर्ने हो । तथ्यमा आधारित आग्रह पुर्वाग्रहीविहिन समाचार भए पत्रकारखी कसैले कहि गर्न सक्दैन । तर आफू असुरक्षित भयाँ सुरक्षा निकायमा पनि जानकारी गरी राख्नु पण्डो छ । कैलकाँई समाजकाई लागि लेख्या पन तिनुले निको मान्याको हुँदोइन । कोइ आफ्नाई फाइदाका लागि लाग्याको छ भन्या त्यइका बारे समाचार लेख्या ता रिसान्याई हो ।
पत्रकारखी बाँच्नाखी पन केइ कार्यक्रम हुँदाइन की क्या हुँदा छन् ? तम्रा पाला कसो छियो ?
यसो हो, जुन पत्रकारले समाचार लेखेर जुुन मिडिया हाउसमा छपाउन, सुनाउन दिनुछ उसै मिडियाले पत्रकारको पारिश्रमिक दिन्या हो तर यहाँ समाचारको पैसा कम छ । हाम्रो पाला पनि यसै दुःख हो । पैसाभन्दा पन नाम कमाउने सेवा गर्ने पेसा हो पत्रकारिता ।
मिडिया बचाउनाखी पन विज्ञापन चाइन्नाइ न । याँ रे आफ्नाई माइसखी दिँदा भन्दा छन् । त्यसो भया कैकाई लग नभयाका अरू मिडिया रे सुकन्ना हे !
– हो, मिडिया हाउसको कमाई विज्ञापन नै हो । मिडिया हाउस मोटो भयाँ पत्रकार पारिश्रमिक पाउन्या हुन् । तर यहाँ विज्ञापन वितरणमा एक रूपमा छैन । जो जहाँ जइको सम्बन्ध छ उसै मिडिया हाउसले विज्ञापन पाएका छन् । सरकारबाट पाउने त्यहि साना लोक कल्याणकारी हो । अरू त समन्वय सम्बन्धका आधारमा पाउने हुन् । यो व्यवसाय पनि हो । व्यवसायिक समझदारी समन्वय हुनुपर्छ । याँका प्रहरी प्रशासनले पन सधाँई छापिन्या पत्रिका, सधाँई बज्न्या रेडिया रे अनलाइन हेरी बन्ट विज्ञापन दिनुपण्यो । सबुई यसुई ठौरका लागि लाग्याका हुना छन् । यसुई ठौरको विकासका लागि लाग्याका मिडियालाई अर्खाई आँखाले हेन हुँदोइन ।
पालिकासात, प्रहरी प्रशासनसात मिडिया नजिक हुँदाइन भन्दा छन् न । त्यसो भया समाचार खोज्या क्या पाइन्ना त ।
– विज्ञापन र समाचारको सम्बन्ध फरक कुडा हो । पत्रकारले विज्ञापनमा काम नगर्न सक्दछ । हामुुले नजिकभन्दा पन उनीहरूको जानकारी खबरदारी गरी राख्नुु पर्छ । तिनु सबैका निका फुर्चा काम देखाउन्या भन्याकोइ पत्रकारिताको काम हो । जन्ने ज्या धेक्या पन अरूखी सुनाउना जसो कुणोइ हो पत्रकारिता । कसुई सात नजिक टाणा भइबन्ट पत्रकारले केइ तथ्य फेला पाण्दो छ भन्या ता ठीकै हो । नत्र पत्रकार आफूई खोज्न्या पेशा हो ।
पत्रकारका नेता भयाका हुन्या नान्का पत्रकारखी मस्तै हेप्ता, पेल्दा भन्दा छन् न । कत्तिको साँची हो त्यो ?
– मुखी तसो अनुुभव आछिन । यो पन स्वभाव विचारमा भर पन्र्या कुडो हो । सम्बन्धले हुन्या कुणो हो ।
यइ पेसाखी मुथी उकाल्न क्या अर्या होला त ?
– मिडिया हाउस चलाउन्या भयाँ । जाँबाट विज्ञापन सूचना पाइना छन् उनीहरूसात सहकार्य समन्वयमा बस्नु राउडो होला । पत्रकारिता गन्या भयाँ समाजमा गएर रिपोटिङ गरि समाचार लेख्या अडाढी बढ्न सकिएला जसो लाग्दोछ । जुन काम पन इमान्दारिता भएर गर्या सफल भइन्छ जसो लाग्छ मुखी ।
अरु केइ भन्नु छ कि भनिहेल ।
खासै केही आथिन । तर अब उहिलेका हाम्रो पालाका जसो पत्रकार पत्रकारिता आछिन हामी उहिले कम थियाउ । मान मर्यादा थियो काम पनि थियो । अहिले धेरै पत्रकारको जमात छ प्रतिष्पर्धा छ दौडधुप छ । सूचना सञ्चार गर्ने धेरै माध्यम भइ सक्या । अब हामी पत्रकारले संविधानले जनताको सेवा सुुविधा दिन्छुु अधिकार हुन्छ भन्याका कुडा उत्खलन गर्नु पर्छ । आर्थिक रूपले माइसखी अगाडि बढाउनतर्फ समाचार विचार सम्पेषण अर्नु पर्छ । राज्यको स्रोत साधान, पद दायित्वसहित सदुपयोग गर्न गराउन तिर हामी पत्रकार लाग्नु पण्दो छ । यति भन्नो छु । तमुखी पन धन्यवाद छ ।
फेसबुक प्रतिक्रियाहरु