शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • रास्वपाका मन्त्रीले राजीनामा बुझाए
Breaking News

रास्वपाका मन्त्रीले राजीनामा बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम गर्दै पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसलगत्तै रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार