सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त : अर्थमन्त्री शर्मा
अर्थ

विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त : अर्थमन्त्री शर्मा

 

अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनका अनुसार असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ । उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको अर्थमन्त्री जनार्दन शर्माले दाबीगरे छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार