शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भीमदत्त नगरपालिकाद्वारा पाँच बर्षसम्मका प्रमुख उपलब्धिहरु सार्वजनिक
समाचार

भीमदत्त नगरपालिकाद्वारा पाँच बर्षसम्मका प्रमुख उपलब्धिहरु सार्वजनिक

 

 कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्मका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेको छ । सोमवार भीमदत्त नगरपालिकाले आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म गरेका प्रमुख उपलब्धिहरुलाई सार्वजनिक गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०७४ सालमा स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीहरु आइसकेपश्चात हालसम्म अर्थात आर्थिक वर्ष २०७८/७९ सम्म गरेका प्रमुख उपलब्धिहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५ वर्षको अवधिमा सडक निर्माणको कार्यलाई सबैभन्दा महत्वपुर्ण उपलब्धिका रुपमा लिएको छ । भीमदत्त नगरपालिकाले यो ५ वर्षको अवधिमा ४८.६२४ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।

यस्तै ५४ हजार वर्ग किलोमिटर सडक मर्मत गरेको, ६६ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने कार्य गरेको भीमदत्त नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म ९८ वटा कल्भर्ड निर्माण गरेको र ५.१ किलोमिटर नाली निर्माणको कार्य गरेको भीमदत्त नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले विभिन्न कार्यहरु गर्नका लागि कानुनको अभाव रहेका बेला आफुहरु जनप्रतिनिधीका रुपमा नगरपालिकामा आएको बताउदै आफुहरुको एउटा महत्वपुर्ण उपलब्धि भनेको कानुन निर्माण पनि रहेको बताए। आफुहरुले १ सय १० वटा कानुनहरु निर्माण गरेको र महत्वपुर्ण उपलब्धि रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । साथै उनले भीमदत्त नगरपालिकाले २५ वर्ष रणनीतिक योजना निर्माण गरेको बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, विकास निर्माण लगायतका विषयहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले उलेख्य काम गरेको दाबी गर्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भीमदत्त नगरपालिकाले उत्कृष्ट कार्य गरेकै कारण पटक पटक देशभरमै कार्यसम्पादनमा उत्कृष्ट नगरपालिका बनेको बताए।

यद्यपि विकास निर्माण केही कार्यमा भने राजनीतिक विचार फरक भएकै कारण र अन्य विविध कारणले बाधा पुगेको भएपनि आफुहरुले विभिन्न चुनौतीका माझ भीमदत्त नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न महत्वपुर्ण कार्य गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म कञ्चनपुरको भीमदत्त नगरपालिकाले २१ ओटा ट्रान्सफर्मर खरीद गरेर विद्युत कार्यालयलाई दिइएको तथा १ सय ७२ सौर्य सडक बत्ती जडान गरीएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले जनाएको छ ।

यस्तै २ सय ८ वटा सिचाई बोरिङ जडान गरीएको, ४ हजार ९७ थान जाली तटबन्ध निर्माणका लागि खरीद गरी प्रयोग गरिएको, ८४ वटा मन्दिर, चर्च, मस्जिद निर्माणमा सहयोग गरेको, २ वटा गौशाला निर्माण गरिएको, ११ वटा चौतारा र ११ पार्क निर्माण गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको सभाअध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा भीमदत्त नगरपालिकामा रहेका विभिन्न शाखाहरुका प्रमुखहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार