जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्ये हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाइराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी नेपाल पत्रकार महासंघ बझाङका अघिल्ला पालाका अध्यक्ष शैलेन्द्रकुमार रोकायासात कुणाकानी अर्याका छौँ । बीस वर्ष धेकी बझाङमा पत्रकारिता अर्याका रोकाया अइल गोरखापत्रमा समाचार लेख्तै आयाका छन् ।
स्वागत छ तमुखी !
– धन्यवाद ।
तमुले पत्रकारिता अन्र्या बेला कसो छियो बझाङीको अवस्था ?
– मुईले पइल्ली यै धानाउणो लाग्न्याको २०६३ बैशाखका १२ गते धेकी हो । तै बेला माओवादी जनयुद्घको राप ताप छनाई छियो । बझाङ जिल्लाको अवस्था अइलका भन्दा गया गुर्ज्याको छियो । सडक छिएइन्, बिजुली पन चैनपुरभन्दा बाहिर काई छिएइन् । चैनपुर हिँटी बन्ट आउनु पड्डो छियो । इमेल ईन्टरनेट त झन् हुनो छकी भनी था छियैन । गाउँको अबस्था भन्या हो भन्या जा ताई गाउँ आयो कि जाँ ताई झाणा फेर्याको गन आउनो छियो । गाउँ सबुई गाउँमा स्कुल छियाईन् । हाइस्कुल पड्नाखी पन एक दुई घण्टा हिड्नु पड्डो छियो । चेतना छियोइन । सब्बुईभन्दा महिनाबारी बढी मान्दाछ्या, बालकालै ब्या अर्र्या, दुई जोई आन्या चलन छियो ।
जिल्लामी कति छिया पत्रकार त्यइबेला, मिडिया कति छिया ?
– मुईले पत्रकारिता सुरु अर्न्या बेला जिल्लामी दुई वटा पत्रिका मात्र छ्या । ठिक्क साइपाल एफ. एम. पन सुरु भयाको छियो । साइपाल एफ.एम. भन्या कैलई कैलई मात्र बज्दो छियो । नियमित छिएइन । पछि भुवन भण्डारीले साइपाल एफ. एम.बाट छाडिकन साथी पत्रिका सुरु अर्यो । तै बेला बसन्तप्रताप सिंह, दीपक ओली, स्व. नरेश खड्का त्यै टिममी छ्या भन्या । तसुईको केई महिनापछि सुर्मा खबर जगत खड्काले सुरु अर्यो । तै टिममी दीपक भण्डारी, निरनराम जोशी, बिनोद सिंह, छान्नाका नरेन्द्रबहादुर थापा र उत्तम रोकाया (अइलका खप्तडछान्नाका अध्यक्ष) छ्या । तेईको केई महिनापछि उत्तम रोकाया नेबिसंद्यको अध्यक्ष भयापछि मुईले सुर्मा खबरमा काम सुरु अर्या । तै बेला जम्मा जम्मी ८÷१० जना सक्रिय पत्रकार छिया ।
उइल रे आजभोल क्या फरक मान्या त पत्रकार रे पत्रकारिता ?
– उईबेला पत्रकार भन्यापछि छुट्टै भार, मर्ज्यात हुनो छियो । दुःख पड्याका, न्याय नपायाका रे हाम्रा गाउँमा यी समस्या भया पत्रकारले लेखि दिनुपड्यो भनी खोजी खोजी आउना छियाँ । पत्रकार गाउँमा आयो कि सबै गाउल्या आई आफ्ना कुडा राख्ता छियाँ । स्वागत पन खुब अर्दा छिया । पत्रकारितामा निष्ठा हुन पड्डो छ भन्या अड्ती पन दिना छिया । यै पेशाको खुब भरोषा मान्या चलन छियो । तर, अचेल नेताका पछि सबुईभन्दा गाली खान्या हामी पत्रकार छौँ । हामुप्रति गाउल्याको बिश्वास हराई गयो । हामुको निको अर्नु पड्डो भन्या भरोष अनुसारको हामुले काम अर्न सक्याउ की सक्याउन भन्या प्रश्न आज पन पैदा भयाको छ । सब्बुई भन्दा मुख्य कुडो हामी पार्टीका हली भई बिगड्यो । खराब भयापन नेताका गुणगान गाउन लाग्याउ, गाउँका समस्या क्या छन् बिस्र्या । अहिले यै पेशाको मर्यादा जोगाउन पन मुस्किल पड्याको छ । अईल ता पत्रकार र पत्रकारितालाई हेर्न्या नजर पन झिक्कै फरक भयो ।
खासमा यो पत्रकारिता भन्याको क्या रैछ ?
– यो प्रश्न निकै महत्वपूर्ण अर्या । पत्रकारिताको आ आफ्ना ज्या परिभाषा भया पन मुईले बुझ्याको रे मुई अनुभव अर्याको पत्रकारिता गाउँका समस्या, घटनाको उठान अरि सम्बन्धित निकायखी जिम्मेबार बनाउन्या हो । अझ तेतीले पुग्दोइन गाउँका जनताको सुख, दुख, समस्या, उत्पीडन, भष्टाचार र चुनौतीहरूलाई सत्य, तथ्य कुडो सम्बन्धित निकाय र सरकारसम्म पुरर्याउन्या रे सरकारखी पन जनताका काम अर भनी सचेत अराउन्या काम हो जस्तो लाग्छ । हामे पत्रकार भन्याका हुलाकी हौ । हामुले अन्र्या कामखी पन नियम बनायाका छन् । आचारसंहिता बनायाको छ । त्यै भित्र बसी काम अर्नु पड्यो ।
यइ कामले हाउरा गाउँ ठाउँ फेरिन्ना क ?
– यै पत्रकारिताबाट हाउरा जिल्लाका झिक्कै काम भयाको अनुभव मुलाई पनि भयोको छ । हामुईले समाचार लेखिकन झिक्कै ठाउँ पुल बन्या, खाद्यान्नका डिपो बन्या, सडक बन्या, बिजुली बल्या, खुल्ला दिसामुक्त भयो । झिक्कै काम त भया तर अचेल हाउराई आनीबानीले यो पेशा संकटमा भयाको छ । हामुले निको अरी तेरो मेरो नभनीकन दिन दिनै समाचार पेल्याको पेलेई अरि अझ क्यान भयो भनी झिक्कै निगरानी राखी रैवार लेख्याको लेखेई अर्या भन्या नहुन्या क्या छ रे ।
पत्रकारिताखी गाउँ ठाउँको चित्र बनाउनाखी क्या काम अर्नु पण्यो त ?
– यो कुडो गइलै आयो । पत्रकारिताखी गाउँ ठाउँको चित्र बनाउना खी ता पहिली हामे पत्रकार पत्रकार भई दिनु पड्यो । हामुले हाम्रा आचारसंहितमा बस्नु पड्यो । राजनीति आस्था राखुली । कसुई पार्टीलाई भोट हालुली तर पाटीको नेता रे प्रवक्ता हामे भया जसरी हाउरा फेसबुकमा हाल्याका कुडाले हाम्रो जनबिश्वास घट्यो । अचेल पार्टीको झोल्या भन्न लाग्या । हाउरो बिश्वास हराउन्या अवस्थामी पुग्यो । यइका लागि ता पहिल्ली हामुले सुध्रिनु पड्न्या अवस्था धेक्याको छु । हामे नसुध्रि समाज सुध्रिन्या होइन् । गाउँ समाजमा यो माइस ठीक छ हा भन्या वातावरण हामुले बनायो भन्या हामुप्रति जनताको भरोषा, जिम्मेवार निकायको सजकता र हउरो पेशाको सम्मान र आफूलाई पन आत्म सन्तुष्टि पाइन्या हो । तेईका लागि हामु पत्रकारले रुपान्तरण हुनु पड्न्या धेक्याको छु । तब मात्र समाजको चित्र बनाउन हामे अब्बल हुन्या हौँ ।
पत्रकारले केइ नानु लेख्या पन, सम्चार बनाया पन माइकी दिँदा, कुट्न आउँदा छन् न । यिनको सुरक्षा कन्नेई अर्नु पण्दोइन ?
– मुईले पत्रकारिता सुरु अ्र्याको झण्डै २० वर्ष हुन लाइगयो । यी वर्षमा मुइले पन झिक्कै धम्की र कुट्न्या, लड्न्या भन्या कुणा आउनु झिक्कै सह्या । खबरपात लेख्याकै कारण कन्नेईपन पत्रकारलाई धम्की दिनु भन्याको यो अमानवीय र असोभनीय कुडा हो । यदी पत्रकारले पन काई कसुई व्यक्तिको प्रभावमा पणी, राजनीति आस्था राखी आधारमा बिभेद अरी समाचार लेख्याको छ भन्या पनि यैका लागि पन कानुनी अड्डा छन् । प्रेस काउन्सिल छ । त्या प झानु पड्यो । मान्छे मार्छु काट्छु भन्न पाइदैन् । तर हामे पत्रकारले पन समाचार सत्य तथ्य भइकन सबै पक्षका भनाई राखी समाचारलाई सत्यापन अरि समाचार छाप्नु पड्यो । पत्रकारिताको धर्म क्या हो । अचारसंहिता क्या हो भनी बुझ्नु पन पड्यो । पुलिस, प्रसासन, अड्डा, अदालत छनाइछन् । बेथितिका बिरुद्घ लेख्या काम छाण्नु हुँनैन ।
पत्रकारखी बाँच्नाखी पन केइ कार्यक्रम हुँदाइन की क्या हुँदा छन् ? तम्रा पाला कसो छियो ?
– कठैदैन न । हामे पत्रकार अरुका दुःखका कुडा लेख्ता । अरुका अन्यायका आवाज उठाउना, या यो भयैन, त्या त्यो भइनभन्दा । तर, हाम्रा दुःखका समाचार को सुन्या, को धेक्न्या । हामुलाई बाँच्न दुई पैसा कमाउन मुस्किल ता धेक्ताइन । त्यो हाउरो समन्वय अन्र्या कला, क्षमतामा भर पड्न्या कुडो हो । पत्रकारसात सहकार्य अर्न विभिन्न निकाय छन् । काई फेलोसिप लेख्या काम, काई भिडियो डकुमेन्टी बनाउन्या काम, अडियो, भिडियो प्रोफाइल, फोटो संकलन लगायतका विभिन्न काममा सहकार्य र समन्वय पन अर्नु पड्यो । मु पत्रकार महासंघको अध्यक्ष हुनेबेला हामुले आलैपाले अरि सबै पत्रकारलाई तालिम, अनुगमन, कार्यक्रमहरुमा सहभागी अर्याउ । तै का लागी हामी पत्रकार एकजुट हुनु पड्यो ।
मिडिया बचाउनाखी पन विज्ञापन चाइन्नाइ न । याँ रे आफ्नाई माइसखी दिँदा भन्दा छन् । त्यसो भया कैकाई लग नभयाका अरू मिडिया रे सुकन्ना हे !
– ए भाइयौ । मु यो कुड्डो उठाउना उठाउना गली गयाँ । मु पत्रकार महासंघको अध्यक्ष हुने बेला सब्बुई पालिका र सार्वजनिक निकायमा गै कन लोककल्याणकारी विज्ञापन जिल्ला भित्रका मिडियालाई समानुपातिक हिसाले दिनु पड्यो भनी अभियान चलायाँ । पत्र दियाँ । कन्नेई मानेइन । मेरो कार्यकाल पन सक्यो । मु यो अभियानमा आज पन छु । मुईले धेक्याअनुसार बझाङ जिल्लामा मात्रै मिडियाका नाममा वर्षभरिमा २ करोड सम्म खर्च हुनो छ । तर त्यो पैसाको ३० प्रतिशत पन जिल्ला भित्रका मिडिया पाउनाइन । यो सबै बाहिर झाँदो रैछ । मिडिया बचाउनखी ता विज्ञापन चाइयो । त्यैका लागि जिल्ला बाहिर झान्या विज्ञापन रोकी सबै पालिकामा लोक कल्याणकारी विज्ञापनको मापदण्ड बनाया भन्या जिल्ला भित्रका मिडिया बाच्न्या हुन नत भन्या संकटै छ ।
यइ पेशाखी मुथी उकाल्न क्या अर्या होला त ?
– यै पेशाखी मुथी उकाल्नाखी ता पइल्ली मुइले सुध्रिनु पड्यो । त्या पछि तमुले पन सुध्रिनु पड्यो । सबुई पत्रकार सात्याहरु सुध्रिउ भाइयौ । आप्mना नान्नाना कमजोरी हटाउ । पत्रकार आचारसंहिताको पूर्ण पालना अरु, सत्य तथ्यमा आधारित घटनाको सम्प्रेषणहरू, सबुई पक्षसात बुझु, आफुई धामी आफुई झाक्री जन बनु । हामी मात्र पत्रकार बनि दिउँ । अरुखी पन मानु । जनताले यो माइस ठीक छ भन्न्या वातावरण बन्यो भन्या यो पेशा आफैँ सुध्रिन्छ ।
अरु केइ भन्नु छ कि भनिहेल
– अब झिक्कै भनी हेल्या । मुईले बारम्बार भन्या । हाउरो भूमिकाका बारेमी अचेल जन्ता झिक्कै निरासा भयाका छन् । हामुखी सामाजिक सञ्जालमा कहिलेकाँही गाली पनि अर्याँका धेक्तो छु । त्यो गाली केई अर्याको हो । हामुले बुझ्नु पड्यो । हामुलाई नागरिकले मस्तै विश्वास अर्दा छन् । तर हाउरो भूमिका पन निको नधेक्या पछि हामुखी सुध्रेला भन्या मौका हो । हामे पक्षपाती ढंगले होइन सत्य र तथ्यमा आधारित भई लागु । हाउरो काँधमा समाज बनाउने मात्र जिम्मा होइन, भोलको समाज कै बाटोमा लिन्या भन्या जिम्मेवारी पन छ । तसाईले हामी पत्रकार सुध्रिउँ । धन्यवाद ।
फेसबुक प्रतिक्रियाहरु