मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • व्यङ्ग्य कविता : म पाद रोकेर बसेको छु
समाचार

व्यङ्ग्य कविता : म पाद रोकेर बसेको छु

हलचल बढ्दैछ पातालका पर्वतद्वय माझ
गुडगुड उदरमा सक्रिय लाभा बहेझैँ आवाज
जेठाराग्नीले उत्कर्षमा लग्यो उष्णता र बाफ,
विस्फोटोन्मुख ज्वालामुखीको मुस्लो र राप,
मुमुक्षु उष्णवायुको नाभिमा
उन्माद रोकेर बसेको छु !
म पाद रोकेर बसेको छु !

पवन प्रवेग उदरमा उन्मादी बन्दैछ
गर्भमा अतिरौद्र वायु प्रणाली बन्दैछ
उद्वेलित ज्वारभाटा अब सुनामी सरी भो,
मरुत् तोड्न तत्पर किल्ला हर प्रहरीको,
बेलगाम यो आँधी बेहरीको
चक्रवात रोकेर बसेको छु
म पाद रोकेर बसेको छु !

नखोली पातलस्थित पर्वतद्वयका पट
साध्दै मुल्वन्धको योग आसन विकट
मूलाधार चक्रको चंचलनमा संकुचन,
अपान वायु दमन गरी आयो सन्तुलन,
हठ योग साधि उदरमध्य वायु वृत्तिको
प्रमाद रोकेर बसेको छु !
म पाद रोकेर बसेको छु !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार