मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • बझाङका स्रष्टा जोशी र मल्ललाई ‘प्रतिभाश्री सम्मान’
Breaking News

बझाङका स्रष्टा जोशी र मल्ललाई ‘प्रतिभाश्री सम्मान’

सुदूरपश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिभाश्री सम्मान बझाङका दुई जना स्रष्टालाई प्रदान गर्ने भएको छ । ११ हजार रुपैयाँ राशीको उक्त पुरस्कार खप्तडछान्ना-५ पिठातोलाकी जयलक्ष्मी जाेशी र गर्जेपानी मावि रायलका शिक्षक पूर्णबहादुर मल्ललाई प्रदान गर्ने भएको हो ।

जोशीलाई ‘प्रतिभाश्री सम्मान-२०७९’ र मल्ललाई ‘प्रतिभाश्री सम्मान-२०८०’ प्रदान गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिए । उनका अनुसार अर्को महिना विशेष कार्यक्रम गरेर पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार