शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राप्रपाबाट पर्यटन व्यवसायी किशोर खड्काको उम्मेदवारी घोषणा
समाचार

राप्रपाबाट पर्यटन व्यवसायी किशोर खड्काको उम्मेदवारी घोषणा

बझाङ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पर्यटन व्यवसायी किशोर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । घोषणा सभामा बझाङ विकासका लागि आर्थिक पर्यटन नै सम्भव भएको हुँदा त्यसलाई विकास गर्ने उनले बताए ।

लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका खड्काले बझाङ मात्रै नभई सुदूरपश्चिम प्रदेशमै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएका खड्कालाई उम्मेदवार बनाउँदा मतदाता पनि उत्साहित भएको राप्रपाका जिल्ला अध्यक्ष वीरेन्द्र मल्लले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै