शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कांग्रेसले जगतको ४५ वर्षे योगदानको कदर गर्ला ?
समाचार

कांग्रेसले जगतको ४५ वर्षे योगदानको कदर गर्ला ?

बझाङ । वैशाख ५ मा हुने बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेसले अहिलेसम्म टिकटका लागि छिनोफानो गर्न सकेको छैन । सबै दलले आफ्ना उम्मेदवार घोषणा गरिसक्दा पनि कांग्रेसमा गुट उपगुटले गर्दा रस्साकस्सी नै चलेको छ ।
इलाम–२ मा र बझाङ प्रदेशसभा १ का लागि टिकटको आन्तरिक विवाद नै चलेको छ । कांग्रेस दुबै सिटमा आफूले जित्नुपर्ने चुनौतीमा छ । जित्नका लागि उम्मेदवार योग्य, सक्षम र जनप्रिय हुनुपर्ने कांग्रेसका कार्यकर्ताका माग हुँदा हुँदै पनि सभापति शेरबहादुर देउवाले आफ्नो गुटका नेताले पाउनुपर्ने अडान राखेका छन् ।

अधिकांश पार्टीका नेता तथा कार्यकर्ताले बलियो आकांक्षीलाई उम्मेदवारलाई बनाउनुपर्ने भने पनि देउवाले आफूले रोजेको उम्मेदवारलाई टिकट दिन खोजेका छन् । सभापति देउवाको नजरमा इलाम–२ मा डम्मरबहादुर खड्का र बझाङमा अभिषेकबहादुर सिंह छन् भने संस्थापन पक्ष शशांक कोइरालासहितका अन्य नेताहरुले संस्थापन इतर शेखर–गगनसहितका नेताहरूले इलाममा बलियो नेता भेषराज आचार्य र बझाङमा जगतप्रसाद जोशीले टिकट पाउनुपर्ने अडानमा छन् ।

“भोट हाल्ने सभापतिले होइन, मतदाताले हो । मतदाता कोसँग नजिक छन् भन्ने कुरा काठमाडौँमा बस्नेलाई थाहा हुँदैन । मतदाताको दुःख, सुख बुझेकालाई थाहा हुन्छ ।” कांग्रेसका एक पदाधिकारीले भने । कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले पनि उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुनुपर्ने धारणा राखेका छन् । आफूले मनोमानी टिकट दिएर रिजल्ट अर्कैको पोल्टामा परेमा कांग्रेस नै कमजोर हुने बताएका छन् ।

बझाङ प्रदेशसभा १ का कांग्रेसबाट जगत जोशी र अभिषेकबहादुर सिंह छन् । पुराना नेता जोशी बझाङमा पहिलो एमएस्सी उत्तीर्ण गरेर जोशीले राजनीतिमा जीवन विताएको ४५ वर्ष भइसक्यो । हरेक निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने, पार्टी बलियो बनाउँदैमा उनको उमेर जीवनको उत्तराद्र्धमा पुगिसकेको छ ।

२०३५ सालबाटै अनवरत रूपमा नेविसंघको राजनीतिबाट आएका जोशीका समकालिन नेताहरू कांग्रेस सुदूरपश्चिम सभापति बीरबहादुर बलायर, एनपी सावद, रमेश लेखकहरू हुन् । उनीहरू पटक पटक मन्त्री हुँदा समेत जोशीले एउटा टिकट पनि पार्टीले दिन सकेको छैन ।

यता अभिषेक सिंह स्व. पृथ्वीबहादुर सिंहका छोरा हुन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यसमेत रहेका सिंहलाई बुवाको निधनपछि पार्टीले सहानुभूति दिन टिकट दिनुपर्ने संस्थापन पक्षको जोड छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै