शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कांग्रेसमा उम्मेदवार छनाैटमा विवाद : आज पनि संसदीय बोर्ड बैठक अनिर्णित, भोलि बिहान ९ बजे फेरि बैठक बस्ने
Breaking News

कांग्रेसमा उम्मेदवार छनाैटमा विवाद : आज पनि संसदीय बोर्ड बैठक अनिर्णित, भोलि बिहान ९ बजे फेरि बैठक बस्ने

काठमाडौं । कांग्रेसमा उम्मेदवार छनाैटमा विवाद भएपछि आज पनि उम्मेदवार छनाैट गर्न सकेको छैन । उपनिर्वाचनमा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक अनिर्णित बनेको हो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

कांग्रेसमा इलाम.२ मा भेषराज आचार्य र डम्बर खड्का मुख्य प्रत्याशी हुन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवाले खड्काको पक्षमा अडान लिएका छन् ।

त्यस्तै बझाङ प्रदेशसभा १ मा जगतप्रसाद जोशीले टिकट पाउनुपर्छ भने संस्थापन पक्षका शशांक कोइरालासहित इतर पक्षको अडान छ भने अभिषेकबहादुर सिंहले पाउनुपर्ने भन्दै देउवाले अडान लिएका छन् ।

आजको बैठक अनिर्णित बनेपछि भोलि फेरि बैठक बस्ने गरी स्थगित गरिएको छ । भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । यस्तै कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै