शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोक एमालेको अध्यक्षमा श्रेष्ठ निर्वाचित
समाचार

सिन्धुपाल्चोक एमालेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ ३६३ सहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले ३४९ मत प्राप्त गरे ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७१३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । उपाध्यक्षमा ३४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भएका छन् । उनका प्रत्यासी विष्णुमणि आचार्यले ३०७ मत प्राप्त गरे ।
सचिवमा कृष्णगोपाल तामाङ ४०३ मतसहित विजयी भएका छन् भने प्रत्यासी यज्ञराज सापकोटाले २७० मत पाए । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले ३१३ मत पाए ।
महिलातर्फ सुशीला पाख्रिनले ४५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले २०८ मत प्राप्त गरिन्। जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै