शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कांग्रेस भन्छ : स्थानीय तहमा चुनाव लडेकालाई प्रदेशमा उम्मेदवार बनाइदैन
Breaking News

कांग्रेस भन्छ : स्थानीय तहमा चुनाव लडेकालाई प्रदेशमा उम्मेदवार बनाइदैन

बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवार खडा गर्न सकेको छैन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरिसक्दा पनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसमा भने टिकटका लागि रस्साकस्सी नै चलेको छ । इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ मा आउँदो वैशाख १५ का लागि निर्वाचन आयोगले घोषणा गरिसकेको छ ।

नेपाली कांग्रेसले भने स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर चुनाव लडेको व्यक्तिलाई प्रदेश वा प्रतिनिधि सभा निर्वाचनमा टिकट नदिने जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा २०७९ असोज १७ गते जारी विज्ञप्तिमा पहिलो पाँच वर्षका लागि स्थानीय तहमा निर्वाचन लडेको व्यक्तिलाई प्रदेश वा प्रतिनिधि सभामा उम्मेदवार नबनाइने कुरा सर्वसम्मतिले पारित गरेको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको थियो । उक्त प्रस्तावको बुँदा नं ३ को ख मा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।’

सभापतिले आफैँले पारित गरेको बुँदाको उल्लंघन हुनसक्ने देखिएको कांग्रेस स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सभापतिले आफैँले पारित गरेको प्रस्तावको उल्लंघन हुने देखिन्छ । स्थानीय तहमा पराजित भइसकेका व्यक्तिलाई उम्मेदवार बनाउन खोजिएको छ, हाम्रा लागि त्यो निर्णय मान्य हुने छैन ।’ बोर्ड बैठकमै त्यसको खण्डन हुने एक केन्द्रीय नेताले बताए ।

इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम जिल्लाबाट सिफारिस भएको छ भने बझाङ प्रदेशसभा १ मा जगतप्रसाद जोशीसहित १० जनाको नाम जिल्लाबाट रिफारिस गरिएको छ ।

यस्तो छ विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै