शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बेसहाराको सहारा बन्दै विष्णु ऐडी
Breaking News

बेसहाराको सहारा बन्दै विष्णु ऐडी

बझाङ । गत असोजमा आएको विनासकारी भूकम्पले जिल्लाभरका संरचनामा क्षेदविच्छेद भए । त्यसपछि सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता जिल्लाका विभिन्न स्थानमा पुगे । राहतको आश्वासन दिए । त्यसै क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको नेतृत्वमा दुर्गाथली गाउँपालिकामा अनुगमन भयो ।

अनुगमनका क्रममा नेतृत्वले आश्वासन मात्रै दिएर जनतालाई भ्रम छरेको, दिएको राहत पनि नगन्य भएको तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको बुझाई थियो । त्यसपछि उनले सोच बनाए, “संरचना भत्कँदा सामान्य खानेकुरा, तथा त्रिपालले मात्रै जनतालाई राहत पुग्दैन । यसका लागि सकेअनुसारको अस्थायी टहरा निर्माण गर्नुपर्छ ।”

त्यसै सोचले आफ्ना साथीभाईहरुको सहयोग समेटेर बेसहारा परिवारका लागि बढी क्षति भएका सबै पालिकामा पुगेर अस्थायी टहरा निर्माण गरे ।

एउटै टहरा बनाउँदा ६० हजार रुपैयाँ बराबर लगानी खर्चेको ऐडीको समूहले जिल्लामा तीन दर्जनभन्दा बढी संरचना निर्माण गरे । आफैँले जस्तापाता, काठ, कामदारसहित लिएर संरचना निर्माण गरे । दलित, अपांग, एकल महिलालगायत छनौट गरेर आफैँले संरचना निर्माण गरेपछि बेसहाराहरु ऐडीबाट आशावादी बने ।

“साथीभाइहरुको सहयोगमा सहाराबिहीनलाई सहयोग गरेका हौँ । यो हाम्रो कर्तव्य पनि हो ।” उनी भन्छन् । जनता नै छैनन् भने आफूले कसको लागि राजनीति गर्ने भन्दै उनी प्रश्न गर्छन् । उनी भन्छन्, “राजनीति भनेको धेरैले पेशा बनाएका छन् । राजनीति त केवल नितान्त सेवा हो । आज हामीले पीडितको घाउमा मल्हम लगाए पो हामीलाई जनताले विश्वास गर्लान् ।”

काम गर्नका लागि आफू कुनै पदमा नहुँदासमेत सक्रिय भएका ऐडीले पछिल्लो समय केही राहत सामाग्री पनि वितरण गरेका छन् । विभिन्न पालिकामा पुगेर आफ्ना साथीभाइसँगको सहकार्यमा बेसहारालाई केही खाद्य सामाग्री, कपडालगायतका सामाग्री वितरण गरेको उनले बताए ।

ऐडीले थलारा गाउँपालिका–३ कुचकी सिद्धकला नेपालीलाई सिलाइकटाईको मेसिन सहयोग गरेपछि नेपाली परिवारले केही राहत महशुस गरेका छन् । विपन्न परिवारकी सिद्धकलासँग सीप हुँदा हँुदै पनि आर्थिक अभावका कारण सिलाइकटाईको मेसिन किन्न सकेकी थिइनन् । उनको समस्या ऐडीले समाधान गरेपछि अन्य पीडितहरु पनि उनको सम्पर्कमा आएका थिए । उनीहरुलाई पनि सक्दो सहयोग गरेको ऐडीले सुनाए ।

ऐडीकै समन्वयमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु राणा देउवा संस्थापक रहेको रुडुक नामक संस्थाको आर्थिक सहयोगमा भूकम्प प्रभावितहरुलाई आश्वकताको आधारमा खाद्यान्न, लुगाकपडा, केही नगद रुपैयाँ सहयोग गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै