म तरङ्ग देख्छु,
म उमङ्ग देख्छु
तिमीले अभेद्य पहाड देख्दा
म प्रयत्नका सुरुङ देख्छु !
तिमीले थकानका सुस्केरा हाल्दा
म आशाले मन फुरुङ्ग देख्छु
तिमी पिँजडाका सुगा हेर्दा म
मुक्त क्षितिजमा कार्याङ्गकुरुङ्ग देख्छ !
तिमीले घनघस्याको उकालो देख्दा
म स्वयम्भूका उग्रगामी भ¥याङ्ग देख्छु
तिमीले निराशाका अँध्यारा बादल हेर्दा
म प्रकाश बर्साउने चट्याङ्ग देख्छु !
तिमी देह भन्छौ
म आत्मा देख्छु
तिमी गोजीमा भएको धन भन्छौ
म त केवल मैल हातमा देख्छु
तिमीले जीवन केवल जरामा देख्दा
म डाली फूल अनि पातमा देख्छु
म महानता मानवतामा मात्र देख्छु
न कि कसैको वर्ण जातमा देख्छु !
तिमीले दिउँसै दियो बाली हिँड्दा
म जुनकिरी औँसीको रातमा देख्छु
को सही ? को गलत ? भन्दा नि दृष्टिकोण छ फरक
म बगेको पानी देख्छु, तिमी स्थूल जमेको बरफ !
हेर पानी पग्लिएको बरफ हो, बरफ जमेको पानी
अन्तर्यमा एक छ, हेर गहिरिएर
सृष्टि छ गज्जब ।
फेसबुक प्रतिक्रियाहरु