टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा मलेसियामाथि कीर्तिमानी जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गर्यो। ओमान सँग बिहीबार हुने खेलबाट समूह विजेताको पनि टुंगो लाग्नेछ। यस अघि असियाड र एसिया कपमा नेपालको राष्ट्रिय टोलीको र एसीसी विजेता यअन्डर-१९ टोलीको शानदार प्रदर्शनले नेपालको नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ। तर अब विश्व कप छनोट हुँदै विस्वकपको यात्रामा भने नेपालले बलिया टिमहरूसँग खेल्नुपर्नेछ । यो चुनौती सँगै अवसर पनि हो ।
एक दिवशीय र टि-ट्वेन्टीमा विश्वकप सम्म पुग्न अनि टेस्ट वरीयता पाएका देशहरू सँग टक्कर दिन नेपाली क्रिकेट टोलीलाई कस्तो प्रक्षिक्षणको आवश्यकता पर्ला त ? विश्वकपमा टेस्ट वरीयता पाएका देशहरू सँग टक्कर दिन आउँदा दिनमा हामीले यी कुरामा ध्यान दिनु पर्छ:
क) सुधार गर्नु पर्ने पक्षहरु:
१) नेपालको पहिलो क्रमका ब्याट्सम्यान मध्य अल्लि आक्रामक कुशल भुर्तेल, आशिफ शेख, अनि टिकेर खेल्न सक्ने कुशल मल्ल, कप्तान रोहित पौडेल हुँदै मध्य क्रम पनि राम्रै छ । अल्लि पछिल्लो क्रममा पनि दीपेन्द्रसिंह ऐरी र गुलशन झाँ जस्ता खेलाडीहरू हुँदा ब्याटिङ लाइन-अप लामो छ । एसिया कपमा भारतका मध्यम-गतिका बलर सँग राम्रै खेल्यौँ तर पाकिस्तानी तीव्र गतिका बलरको सामना गर्न कठिन भएको थियो। त्यस्तै गुणस्तरीय स्पिन सँग खेल्ने क्षमताको पनि अभिवृद्धि हुनु पर्छ।
२) हाम्रा करण केसी, सोमपाल कामी जस्ता बलर मध्यम-तीव्र गतिका छन् तर हामीलाई १४५-१५० किमीको गतिमा बलिङ गर्ने केही बलरको अवयस्कता छ । गति सँगै बललाई स्विंग गर्ने क्षमता पनि विकाश गर्नु पर्छ । त्यस्तै गुणस्तरीय स्पिनरको पनि विकास गर्नु पर्छ ।
३ ) ब्याटिंग सँगै बलिङ्ग अलराउन्डरको विकाश: हुन त नेपालको ब्याटिंग क्रम लामो छ। तर पनि एक दिवशीय र टि-ट्वेन्टीमा क्रिकेटमा छैटौं र सातौँ नम्बरमा तीब्र गतिमा रन बनाउन सक्ने र आवस्यक परे पाँचौ बलर पनि बन्न सक्ने खेलाडीको अन्डर-१९ बाट नै पहिचान गरेर आवस्यक प्रशिक्षण दिनु पर्छ।
ख) समाधानका बाटाहरु:
१) हाम्रो टोलीलाई प्रशिक्षण गर्न भारत पठाउनुले ब्याटिङ सुधार हुन्छ तर हामीले मुख्यतः अन्डर-१९ का तीव्र गतिका बलरको पहिचान गरी तिनलाई तीव्र गतिको बलर बनाउन र स्विंगको प्रशिक्षण दिन पाकिस्तान पनि पठाउनु पर्छ या कम्तीमा विगतमा यस्तै बलिङ गरेको पाकिस्तानी पूर्व खेलाडीलाई बालिंग कोच बनाउनु पर्छ । आफ्नै तीव्र गतिका बलर भए तीव्र गतिका बलरसँग खेल्न सक्ने क्षमता विकाश पनि हुँदै जानेछ । त्यस्तै केही खेलाडीलाई श्रीलङ्का पठाई स्पिन बलिङको प्रशिक्षण दिनु पनि आवश्यक छ । यस सँगै ब्याटिंग सँगै बलिङ्ग अलराउन्डरको विकाश गर्न केही खेलाडीलाई विशेष प्रशिक्षण दिनु पर्छ।
२) भारतका विभिन्न क्रिकेट स्टेडियमका पिच निर्माण र व्यवस्थापन गर्ने स्टाफ सँग सहकार्य गरेर बाउन्स हुने, स्पिन हुने सबै खलका पिचहरू नेपालमा नै निर्माण पनि गर्नु पर्छ ।
अब सरकारले पनि केही रङ्गशाला निर्माण लगायत क्रिकेटको पूर्वाधार विकास र उचित प्रशिक्षणमा ध्यान दिए सुनमा अझै सुगन्ध हुने थियो ।
फेसबुक प्रतिक्रियाहरु