बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • भूकम्पले एउटै पसलमा २० लाख बराबरको क्षति
Breaking News

भूकम्पले एउटै पसलमा २० लाख बराबरको क्षति

बझाङ । गएको असोजमा आएको भूकम्पले जिल्ला सदरमुकाम चैनपुरको एक पसलमा करिब २० लाख मूल्य बराबर क्षति भएको छ । बीच बजारमा रहेको अनमोल सुनिल इलोक्ट्रोनिक मोबाइल ग्यालरीमा क्षति भएको हो ।

सँगै रहेको पक्की भवनको बीचको भाग खस्दा पसलभित्रका मोबाइल, ल्यापटपलगायतका सामानहरू कामै नलाग्ने गरी नोक्सान भएको सञ्चालक अनिलबहादुर विष्टले बताए । उनका अनुसार भरखर आएको मोबाइल सेटहरू १५ थान, अलि अगाडि आएका मोबाइलहरू ४० थान, मर्मतका लागि दिएका सयभन्दा बढी मोबाइल सेट, दुई वटा ल्यापटप, सोलार सेट, इन्भटर, एलडी टीभीलगायत अन्य मोबाइल तथा ल्यापटपका पार्टपूर्जाहरू क्षति भएको उनले बताए ।

अर्काको पसलमा काम सिक्दै आफूले मोबाइल पसल सुरू गरेका विष्टले सदरमुकाम चैनपुरमा चार वर्षअगाडि मोबाइल पसल सुरू गरेका थिए । ‘सुरूवाती समयमा व्यापार फस्टाउँदै गएपछि यसपटक अलि बढाएको थिएँ,’ उनले भने, ‘यो पटक निकै दसा लाग्नु रहेछ । नसोचेकै भयो । पक्की घरको पिल्लर भित्रबाट ढुंगाहरू खसेर क्षतिभयो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार