शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालद्वारा भूकम्प पीडितलाई राहात
समाचार

ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालद्वारा भूकम्प पीडितलाई राहात

बझाङ । ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालले गत असोज १६ गते मंगलबारका दिन बझाङ केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रका करिब १६५ जना भुकम्प पीडित परिवारलाई राहत वितरण गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब र स्वदेश तथा बिदेशमा रहेका विभिन्न सहयोगी दाताहरुको सहयोगमा भुकम्प पिडित परिवारहरुलाई राहत वितरण गरिएको हो ।

ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी सस्थापक अध्यक्ष चन्दा ऐर चादनीको पहलमा सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बझाङका भुकम्प प्रभावित परिवारलाई राहत वितरण गरिएको हो । यसै क्रममा बझाङको खप्तड छान्ना गाउँपालिका वार्ड न २,३,४ र मष्टा गाउपालिका वार्ड न १ र २ मा व्याल्ङकेट,त्रीपाल, डसना र न्यानो लुगा लगायतको राहत सामाग्री बितरण गरिएको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी सस्थापक अध्यक्ष चन्दा ऐर चादनी जानकारी दिइन् ।

बझाङमा गएको प्रलयकारी भूकम्पले प्रभावित भएका पिडित परिवारलाई संघीय सरकार , प्रदेश सरकारले आश्वासन मात्र दिएका बेलामा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाले राहत वितरण गरेपछि दशैंको मुखमा प्रभावित परिवारमा केही हद सम्म भएपनि खुशीयाली छाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार