शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपाली क्रिकेट टोली : अबको यात्राका सम्भावना र चुनौतीहरू !
Breaking News

नेपाली क्रिकेट टोली : अबको यात्राका सम्भावना र चुनौतीहरू !

चीनको हान्झाउमा जारी १९औँ एसियाडअन्तर्गत पुरुष क्रिकेटमा जेजियाङ युनिभर्सिटी अफटेक्नोलोजी क्रिकेट फिल्डमा नेपालले मंगलबार (आज) बिहान नेपाल समय ६:१५ देखि भारतसँग क्वाटरफाइनल खेलिरहेको छ ।

यो म्याच चुनौतीसँगै अवसर पनि हो । एसिया कप जस्तो यो खेल वर्षाले प्रभावित हुने सम्भावना कम छ । हुन त चीनले २००८ मै बेइजिङ ओलम्पिक उद्घाटनमा हुने सम्भावित वर्षा बादल फिटाउने प्रविधि प्रयोग गरी टारेको चर्चा थियो !

नेपालसँग भोलि खेल्दा यही परिस्थितिमा दुई खेल खेलिसकेको अनुभवसँगै मैदानको अवस्था र विकेटबारे जानकार हुनेछ । त्यसको फाइदा नेपाललाई पुगे पनि भारतीय राष्ट्रिय टोलीमा खेलीसकेका वासिङ्टन सुन्दरलगायत इन्डियन प्रिमियम लिग आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी रुतुराजगा एकवाडको कप्तानीमा भारतको टिमबाट खेल्दैछन् । भारतको राष्ट्रिय टोली चाहिँ आसन्न विश्वकप तयारी म्याचहरू खेल्न भारत मै छ ।

समूह चरणमा मङ्गोलिया र मालदिभ्सलाई हराएर क्वाटरफाइनल पुगेको नेपालले क्वाटरफाइनल ड्रअनुसार नेपालले भारतप्रति द्वन्द्वी पाएको हो । आइसीसी र्यांकका आधारमा सिधै क्वाटरफाइनल पुगेका थिए भने नेपाल, हङकङ र मलेसिया समूह चरणमा राम्रो प्रदर्शन क्वाटरफाइनल पुगेका हुन् ।

अब नेपाली क्रिकेट टोलीको एसियाड यात्राका सम्भावनाहरू यसप्रकार छन् :

१ ) स्वर्ण पदक: क्वाटरफाइनलमा भारत, सेमी-फाइनलमा अर्को क्वाटरफाइनलमा बङ्गलादेश र मलेसिया मध्यको विजेतासँग र फाइनल जिते ।

२ ) रजत पदक: क्वाटरफाइनलमा भारत, सेमी-फाइनलमा अर्को क्वाटरफाइनलमा बङ्गलादेश र मलेसियामध्यको विजेतासँग र फाइनल हारे ।

३ ) कांस्यपदक: क्वाटरफाइनलमा भारत, सेमी-फाइनलमा अर्को क्वाटरफाइनलमा बङ्गलादेश या मलेसियासँग हारेर अर्को सेमी-फाइनल हार्ने टिमसँग जिते।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले समूह चरणमा पहिलो खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले र १३८ रनले पराजित गरेको थियो । दुई खेलमा नेपाली खेलाडीले कयौँ कीर्तिमानको बनाए । कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतकसँगै नेपालले टी-२०मा एकै खेलमा सर्वाधिक ३१४ रनको स्कोरसँगै अहिलेसम्मकै फराकिलो जित/हार अन्तरको कीर्तिमान पनि बनाएको थियो । दोस्रो खेलमा अभिनाश बोहराले टी-२०मा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए ।

यी सबैले नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ तर अब नकआउट चरणमा भने नेपालले बलिया टिमहरूसँग खेल्नुपर्नेछ । यो चुनौतीसँगै अवसर पनि हो ।

जिते साहस, हारे अभ्यास !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै