शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • एमाले नेता शाहीले भतिजीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप
समाचार

एमाले नेता शाहीले भतिजीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप

जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो । समाजमा भएका अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने क्षेत्र राजनीति हो । अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रुढीवादी, जातिय विभेद, लैङ्गिीक विभेद, भौगोलीक विभेदका विरुद्ध लड्ने भन्दै आएका छन् ।

नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरी बहिनीहरु यौन हिंसामा परेका छन् भनेको सुन्दा कस्तो लाग्ला ? न्याय दिन अन्याय अत्याचारको अन्त्य गर्न भन्दै राजनीतिमा लागेका नेता अझ आफ्नै नाता पर्ने छोरी बहिनीहरुमाथि यौनहिंसा र बलत्कार गदै हिडेको सुन्नु परेमा कस्तो लाग्ला ? राजनीतिको आडमा छोरी बहिनीहरुमाथि यौन हिंसा गदै अझ समाजमा जान्ने बुझ्ने कहलाउछ भने त्यसले समाज कस्तो बनाउला राजनीति कस्तो होला ?एक पटक कल्पना गर्नु होस् त ?

तातोपानी गाउँपालिका वडां नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रुपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् । दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए ।

नेतालाई आर्दश मानेर गाउँघरमा धेरै मानिसहरु उसको पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरुलाई यौन हिंसा र बलत्कार गरेका घटनाहरु बाहिर आउन थालेका छन् ।उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसकेपनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरु उनले गरेका अपराधका विरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलत्कारका विरुद्ध बोल्न थालेका छन् ।

एमालेका नेता शाहीको पहिलो घटना : उनले दुई वर्ष अगाडी गाउँकै अन्दाजी १६ वर्षकी नाबालिका कालिका माध्यमिक विद्यालय तातोपानी ८ टोप्लामा कक्षा ११ मा अध्यायनरत शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलत्कार गरेका थिए । शाहीले आफ्नै छोरी नाता पर्ने गाउकै बालिका भएकाले समाजको बेइज्जत हुन्छभन्दै पैसा र खसि दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ ।तर नेता शाहीले त्यो अपराध ढाकछोप गर्नका लागी के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन चाहदैनन् । ति बालिकाका बाउआमा गाउँका सोझा साझा मानिन्छन् । त्यो विषयले त्यतिबेला टोप्ला गाउँमा खुब चर्चा भएको थियो ।

त्यो विषयमा गाउँमा चर्चा परिचर्चा भएपनि कानुनी निकायमा भने आउन सकेन । त्यो उनले छोरी पर्नेलाई करणरी गरेकोे
त्यस घटनाको बारेमा कालिका मा.वि. तातोपानी ८ टोप्लाका प्रधानाध्यापक मान बहादुर शाहीका अनुसार त्यतिबेला ती बालिका कक्षा ११ पढ्दै थिइन । उनले फोन मार्फत भने त्ये घटना भएको बेला म सुर्खेत थिए ।

एमालेका नेता सुरत बहादुर शाहीले ती बालिलाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँ । अरु मलाई थाहा छनै ।उनले भने, ‘ती बालीका अहिले सुर्खेत तिर पढ्दैछन ।अहिले अन्जादी १७ ÷१८ वर्षकी भइन होलीन । आइ एस सी पढ्दै थिइन् कि पढेर भ्याईसकी ? त्यो घटना हुदा उनी १५ देखि १६ वर्षको हुनपर्ने हो ।मलाई उनको जन्मको बारेमा यर्थात थाहा भएन ।’
त्यो कुरा गाउँमै बसेर गुपचुपमा मिलाइएको जस्तो छ । एमाले नेता शाही गाउँमा नै छाती खोलेर बसे । अझ नेता कहलिए ।गाउँकै अगुवाई गरेर बसे । तर यि बालिका अहिले गाउँ छोडेर सुर्खेतमा बस्दै आएको बुझीएको प्रअ शाही बताउछन् ।

दोस्रो घटना : शाही थरकै नातिनी नाता पर्र्ने एक जना बिवाहित महिला छन् । उनीसंग पनि नेता शाहीले पटक पटक यौन सम्पर्क गर्न देउ तिम्रो श्रीमान संका गर्छ कि नाई ? तिम्रो फेसबुक आइडी तिम्रो बुढासँंग छ की छैन ? जस्ता एसएमएस पठाएर सताएको ती शाही थरकी महिला बताउछिन् । उनले भनिन, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदि बहीनीको अस्थित्व लुट्न खोजेको छ । कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन ।कसैले गाउँकै दाजुभाइ हो हाम्रो इजत जान्छ चुपचाप लागेका हुन । त्यो खराव मान्छे हो । त्यसले गर्दा गाउँका सबै छोरी असुक्षित भएका छन ।’

शाहीको तेस्रोे घटना : शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोन मार्फत पटक पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो । त्यो विषय पनि गाउँमै गुपचुप गरिएको थियो ।
पटक पटक उसले गरेका अपराध, बलत्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका हौँ । अहिले धेरै अति गर्ने थालेको छ । सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरु कसरी सुरक्षित गर्नेहो भन्ने चिन्ता रहेको टोप्ला गाउँका एक जना स्थानीय बताउछन् ।

शाहीको चौथो घटना : शाही थरकै १७ वर्षकी छोरी नाता पर्ने बालिकालाई बलात्कार गर्ने प्रयास गरेको समाजिक संञ्जालको कुराकानी र फोन रेकर्डर अडियो भेटिएको छ । आफ्नै गाउँका एकै परिवारका छोरी, बहीनी नाता पर्र्ने साना साना किशोरीलाई आर्थिक प्रलोभन देखाउदै केहीलाई बलात्कार गर्ने र केहीलाई बलात्कारको प्रयास गर्ने, केहिलाई सामाजिक सञ्जाल र फोनबाट शारिरीक सपम्पर्क गर्न प्रस्ताव गर्ने, प्रस्ताव स्वीकार गर म फलानो काम गरि दिउला भन्दै आएको गाउँलेहरु बताउछन् ।
अन्दाजी १७ वर्षकी (धनु) नाम परिवर्तन बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्राँसमा नाम निकाल्नको लागी भनि दिने, टियुसन पढेको खर्च आफै तिर दिने त्यसको बदलामा ती नाबालिकाले एमाले नेता सुरत बहादुर शाहीले आफुलाई सेक्स गर्न दिनु पर्ने माग राखेका छन् । ती नाबालिकालाई म्यासेजमा मात्र होइन फोनमा पनि यौन प्रस्ताव राखेको अडियोमा सुन्न सकिन्छ ।
शाहि एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् । एमाले नेता शाही ती नाबालिकाको नामा जेठो बुबा पर्छन् ।
ती नाबालिकाले भनिन्, ‘मेरो नातामा ठुलो बुवा पर्ने हुन । तर त्यो अपराधीलाई केको ठुलो बुबा मान्नु ? उसले छोरी मान्दैन पटक पटक बलात्कार गर्ने सोच राख्छ । म उजुरी दिन तयार छु ।’

ती नाबालिकाको आर्थिक अवस्था कमजोर हुदा अरुकै घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनी अहिले जुम्ला आएर उजुरी दिन सक्ने अवस्थामा छैनन् ।उनले भनिन्,‘म घरबाहिर छु । पढ्न आएकी छु । यहाँ छोडेर जिल्ला आएको खण्डमा भोली त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ ? त्यसपछि मेरो पढाई पुरा नहुन सक्छ । मलाई पढाइको चिन्ता छ । म कानुनी कुरा जान्दिन तर उसले पटक पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो ।’

राजनीतिको नाममा उसलाई सबैले माफि दिदै आउदा अहिले पनि उ नसुध्रदा धेरै छोरी बहिनीको इज्जतमाथि खेल्दै आयो । तर अब त्यसलाई छोड्न नहुने यी बालिका बताउछिन् । उनले भनिन, ‘म उसलाई कानुन अनुसारको सजाय दिनुपर्छ भन्छु ।
नेता शाही लामो समय सम्म फेसबुक मार्फत यौन प्रस्ताब राखेर हैरान बनाएपछि मैले मेरो दाईलाई भनेकी थिए । दाईले त्यो मान्छे गलत छ । जे भने पनि फोन रेकर्ड गर्नु भने ।पछि मैले उसले गरेको फोन कल रकेर्ड गरेकी हुँ । सुरत शाहीले पटक पटक म्यासेज गर्ने डिलित गर्ने, भेटम भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेस राखे, फोन रेकर्ड गरे ।

म मेरो लागी मात्रै नभइ मेरो गाउँका अरु बैनीहरुको लागी पनि लड्नु पर्छ भनेर यो कुरा बाहिर ल्याएको ती बालिका बताउछिन् । उनले भनिन, ‘म गरिब बाउको छोरी भएर पढाइकै लागी अरुको घरमा श्रम गरेर बसेको थाहा पाएकाले सुरतले यस्तो सोच राखेको हो । उनले मलाई मात्रै होइन यस अघि हाम्रा गाउँका अरु छोरी बहीनीलाई समेत यस्ता क्रियाकलाप गर्दै आएको पाइएको छ ।’
यस अघि म बस्ने ठाउँमा आएको बेला मलाई ६ महिना अगाडी देखि म्यासेज फोन गर्ने गरेको थियो । धेरै अति भएपछि फोन रेकर्ड गरेकी हुँ । उनले भनिन,‘समाजले हामी जस्ता अन्यायको बिरुद्ध लड्ने छोरीलाई राम्रो मान्दैन तर पनि म यस्ता अपराधिक सोच भएका गलत ब्यक्तिबाट गाउँका अरु छोरीहरु सुरक्षित हुन भन्ने मानसिकता बोकेर लड्न खोजेकि हु । टोप्ला गाउकै एक जनीलाई करणी गरेको भन्ने हल्ला थियो । त्यस पछि हामी जस्ता तीन जनालाई करणी गर्ने प्रयास गरेको हो ।’

त्यस्तै टोप्ला गाउकै यज्ञ बहादुर शाहीले एमाले नेता शाहीले भने अर्को मेरी बहीनी पर्नेलाई यस अघि यौन सम्पर्क गर्न देउ भनि प्रस्ताव राखेको कुरा थाहा भएको थिएँ । उनले भने ‘यो कुरा स्थानीय तहको निर्वाचन हुन भन्दा पहिलाको हो । त्यो पनी नेता शाहीको छोरी नाता पर्ने हो । तर एमाले नेता शाहीले म्यासेज गर्ने डिलिट गर्ने ,अनि यस्तो कुरा कसैसंग नभन्नु भने गरेका मेरो बैनी संग गरेका रैछन ।

मलाई चाहिदा नचाहिदो म्यासेज गरेपछि मैले फोनमा नै थकाएपछि फेसबुक हयाक भएको र त्यो ह्याक गर्ने पनि त नै हो नै भनेर आरोप लगाइरहेकाे यज्ञ शाही बताउछन । उनले भने , ‘उनको फेसबुक ह्याक भएको भए ,म्यासेज अरुले गरेको भए , म्यासेजमा यौन प्रस्ताव राखेका थिए । त्यहि प्रस्ताव फोन बाट किन राखे ? म्यासेज गर्ने र फोन गर्ने सुरत शाही नै थियो । उनको आवाज सुरक्षित छ ।’

उनले फोनमा भनेका छन् ः म तिमि संग अरुकुरा गर्दिन तिम्र्रो पढ्ने कुरा फिक्स गरेको छु तिम्रो पढाईको लागी खर्च म दिन्छु राम्रोसंग पढ्नु अनि महिले मागेको त्यो कुरा दिन्छा्रै नि ?
बालिका : हुन्छ के कुरा हो भन्नु नी ?
शाही : सेक्न गर्न दिनु पर्छ
शाही : बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा
बालिका : केको फोटा
शाही : तिम्रो मिल्कको फोटा पठाउ
तातोपानी गाउँपालिका ८ वडाका अध्यक्ष नर बहादुर रावतले शाहीका गलत कामका बारेमा गाउँमा हल्ला सुनेको बताए ।उनले भने, ‘हामी जनप्रतिनिधिको हिसाबले गलत गर्ने मान्छेलाई कारबार्ही हुन पर्छ भन्छौँ । सत्य तथ्यकेहो थाहा छैन तर गाउँमा तपाँइले सुने जस्तो हल्ला सुनेको हुँ ।

नेता शाहीले एक पटक नभइ पटक पटक आफ्नै गाउँकै छोरी बैनीलाई आर्थिक प्रलोभन देखाइ करणी गर्न खोजेको देखिन्छ । त्यसरी गाउँमा राजनीति गर्ने नेताको रुपमा आफुलाई उभ्याउने तर गाउकै हाड नाता पर्ने छोरी बैनीको अस्त्वि पैसाले किन्न थालेको लामो समय भएको गाउँले बताउछन् । उनका यस्ता गलत कामलाई गाउँका मानिसहरुबाट पनि पटक पटक ढाकछोप हुदै आएका छन् । त्यहि भएर उनका विरुद्ध प्रहरीमा उजुरी आजसम्म कसैले दिएका छैनन् ।

त्यस्तै पछिल्लो सयमा बलात्कारका घटनाहरू दिन प्रतिदिन सुनिन्छन ,त्यो पनि अपरिचित भन्दा बढी परिचित वा आफन्त बाटै । आफ्नै घरपरिवारका सदस्यहरुबाट बालिका , महिलाहरु बलत्कारको शिकार हुदै आएका छन् । कारबाही गर्ने कानुन छ, तै पनि बलात्कारका घटनाहरुमा कमी आएको छैन ।

प्रशासनको काम गलत गर्ने मान्छेलाई कानुनी दायरामा ल्याउनु हो । पहिला पीडित पक्ष उजुरीको लागी प्रहरीमा आउन पर्छ । तर यहाँ त्यस्तो नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बताउछन् ।

प्रमुख जिल्ला अधिकारीले भने,‘ प्रहरी उजुरी लिने निकाय हो । त्यसको अनुसन्धान गर्ने अधिकार पनि प्रहरीलाई नै हुन्छ ।राय दिनेअधिकार सरकारी वकिलको हो । पिडित प्रहरीमा उजुरी दिन आउनु पर्छ । न्याय दिने काम अदालतको हो ।’बलात्कारीलाई सजाय हुनु पर्छ ।तर यहाँ तीनै समाजमा जान्नेसुन्ने बनेर हिड्छन् ।

समाजमा ठूला ठालुले गरेका जघन्य अपराधका घटनाका विरुद्ध पनि प्रहरीमा उजुरी पुग्दैनन् । कतिपय जघन्य अपराधका घटना अदालतमा नपुगेका उदाहरणहरू पनि छन ।अदालतमा पुगेका केही बलात्कारका घटनाहरु पनि पीडित होस्टाइल गराएर सफाइपनि पाएका छन् । महिला जागरणबाट ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार