शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गाँजा तान्ने उमेरमा देशको चिन्ता ?
Breaking News

गाँजा तान्ने उमेरमा देशको चिन्ता ?

“डा. एलिजाबेथ वाग्नरले यो शनिवार वूस्टरमा हुने अमेरिकन केमिकल सोसाइटीले आयोजना गरेको स्थानीय उद्यमीहरू सँगको भेटघाटमा गाँजाको बारेमा बोल्दै छिन् रे, जाने हैन विष्णु?”, पाँच वर्ष अघि म विद्यावारिधिको दोश्रो वर्षमा प्रवेश गर्दै गर्दा मेरो साथी ब्लेजले सोधेको थियो। तँ जान्छस् भने म साथी गई दिउँला !

ब्लेज र म ड्राइभ गरी वूस्टर तर्फ जाँदै गर्दा बाटोमा एकान्त स्थानहरू भएर जाँदै गर्दा काहीँ-काहीँ गाँजाको धुवाँको बास्ना आइरहेको थियो । ” विष्णु तँ गाँजा खान्छस् ? “, ब्लेजले सोध्यो । नाइँ !, कहीले क्यासिनो गएको छस् ? नाइँ ! सो स्याड ! तँ सार्र्है सोझो भएर आफ्नो जवानी बर्बाद गर्ने भइस् !

एक घण्टाको ड्राइभपछि कार्यक्रम स्थल पुगियो।

“नेपाल जस्ता विकासोन्मुख देशहरूमा यस्ता प्रयोगशाला र कम्पनीहरूको निकै खाँचो छ । जमिन र जनश्रम जुटाउन पनि सजिलो छ तर केही चुनौतीहरू पनि छन् । पहिलो कुरा: भौतिक संरचनाहरू पर्याप्त नहुनु हो, दोस्रो दक्ष जनशक्ति को अभाव। तिमी दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सम्पर्कमा छौ भने त्यस्तो कम्पनी बनाउन चाहिने संरचना र प्राविधिक जनशक्ति पनि जुटाउन सकौला तर तेस्रो र सबभन्दा महत्त्वपूर्ण कुरो तिम्रो स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग हो। तिम्रो सरकारहरूको सहयोग र संरक्षण बिना यस्ता योजनाहरू दिगो हुन कठिन हुन्छ ।” – डा. वागनर

डा. वागनर मासाचुसेट्स राज्यको साझेदारीमा खाद्य वस्तुको गुणस्तर मापन गर्ने एउटा प्रयोगशाला संचालक हुनुका साथै सानो स्टार्ट अप कम्पनी कि प्रमुख कार्यकारी निर्देशक पनि रहिछन् !

गाँजा जन्य पदार्थ हरूमा नशा लाग्ने सक्रिय तत्त्व टेट्रा हाइड्रो क्यानाबीनोल (THC) मापन गर्ने प्रयोगशाला को औचित्य स्पष्ट पार्दै उनले भनिन्, “कति मात्रको गाँजाले मनोरञ्जन दिन्छ र कति भए लागू औषध बन्छ भन्ने बारेमा अनुसन्धान गरी सङ्घीय सरकार लाई निष्कर्ष पेस गरी कानुन बनाउन मद्दत गर्ने र भविष्यमा यसको अनुगमन गर्ने थलोको रूपमा पनि हाम्रो कम्पनीलाई विकसित गर्दै लाने योजना छ ।”

दिनमा मैले कति सम्म गाँजा खाँदा हुन्छ ? भन्ने एउटा श्रोताको प्रश्नमा डा वगनरले, “ओरल एडमिनिस्ट्रेशन द्वारा टी हेच सी ३ देखी २० मिली ग्राम को मात्रा औषधी य हुन्छ । क्यानबिनइड्स पानी भन्दा तेलमा बढी मिश्रित हुने (लिपोफिलिक) हुनाले बोसो युक्त स्नायुतंतिमा सेवन गरेको १ महिनासम्म जम्मा भई बस्न सक्ने हुनाले यसको नियमित सेवनका दूरगामी अप्रत्यक्ष असर (साइड इफेक्ट्स) हुन सक्छन् ।”

मुस्कुराउँदै उनले थपिन्, “गाँजालाई खाजा सम्म बनाए हुन्छ तर खाना न बनाउनु ! ”

औपचारिक कार्यक्रम सकिएपछि मैले डा. वागनरसँग आफ्ना जिज्ञासा राख्न समय माँगें ।

“म तपाईँको ल्याब र कम्पनीको बारेमा सुनेर साह्रै प्रभावित भएँ। म युनिभर्सिटी अफ म्यासाचुसेत्ट्स केमेस्ट्रीको पिएचडी क्यान्डिडेट हुँ। म मेरो देश नेपालमा यस्तै खाद्यान्न र औषिधीय जड़ीबूटीको गुणस्तर परीक्षण गर्ने, सक्रिय तत्त्व प्रशोधन र बृहत् उत्पादन गर्ने प्रयोगशाला कम्पनी स्थापित गर्न चाहन्छु। त्यसका लागि मैले कस्तो गृहकार्य गर्नु पर्ला? मैले यसका लागि एउटा प्रस्ताव लेखेँ भनेँ कहाँ बुझाउनु पर्ला? कुन-कुन संस्था र एजेन्सीहरू यसमा लगानी गर्न उत्सुक होलान् ?” मैले एकै श्वासमा सोधेँ ।

डा. वागनरले भनिन्, “नेपाल जस्ता विकासोन्मुख देशहरूमा यस्ता प्रयोगशाला र कम्पनीहरूको निकै खाँचो छ । जमिन र जनश्रम जुटाउन पनि सजिलो छ तर केही चुनौतीहरू पनि छन् । पहिलो कुरा: भौतिक संरचनाहरू पर्याप्त नहुनु हो, दोस्रो दक्ष जनशक्ति को अभाव। तिमी दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सम्पर्कमा छौ भने त्यस्तो कम्पनी बनाउन चाहिने संरचना र प्राविधिक जनशक्ति पनि जुटाउन सकौला तर तेस्रो र सबभन्दा महत्त्वपूर्ण कुरो तिम्रो स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग हो। तिम्रो सरकारहरूको सहयोग र संरक्षण बिना यस्ता योजनाहरू दिगो हुन कठिन हुन्छ ।”

डा. वागनरले मेरो सरकार र स्थानीय प्रशासनको सहयोग र संरक्षण चाहिन्छ भनेको सुन्दा म आफ्नो देशको वर्तमान नेतृत्व र सरकारहरू सम्झी निराश भएँ । आफ्नो देशमा भित्रिने तरकारी र फलफुलमा छरिएको विषादी परीक्षण गर्ने पूर्वाधार पनि छैन । प्रधानमन्त्री रोजगार योजनाको बजेट असारमा घाँस उखेल्नुको सँगै-सँगै आवश्यक परीक्षण यन्त्रहरू – क्रोमैटोग्राफ, मास स्पेक्ट्रोमीटर र एनएमआर (GC/LC-MS, NMR, Mass Spectrometer) किनी दिएको भए म जस्ता कैयौँ रसायनशास्त्री ले स्वदेशमै रोजगार पाई आफ्नो मातृभूमिको सेवा गर्ने अवसर पाउनुका साथै जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवामूलक कार्य गर्न पाउने थिए।

हाम्रै छिमेकमा चीन सरकारले १९९० र २००० का दशकमा “ब्रेन सर्कुलेशन” कार्यक्रमअन्तर्गत प्रवासी चाइनिज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो। १ हालै भारतको विज्ञान और प्रौद्योगिकी विभाग (DST) ले विदेशका प्रतिष्ठित प्रयोगशालाबाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए महिना को $१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको छ ।

छिमेकमा यो सब भई सक्दा पनि नेपाल सरकारको तर्फबाट यस्ता प्रयास भएको सुन्निएन ! निकट भविष्यमा यस्तो पूर्वाधार निर्माण गरी देश-विदेशका दक्ष जनशक्ति भित्र्याउन ठोस योजना देखिँदैन । ब्रेन गेन भनेर परराष्ट्र मन्त्रालयको एउटा विज्ञप्ति निस्कियो तर त्यसपछि प्राविधिक कौशल भएका प्रवासी नेपालीलाई स्वदेश फर्किन केही ठोस कार्य नीति देखिएन ।

आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। हुन पनि किन नहोस् त नेपालमा अनुसन्धान गर्ने न प्रयोगशाला छन् न त्यस्ता अनुसन्धानका निष्कर्षलाई प्रविधि बनाई प्रयोगमा ल्याउनका लागि कम्पनी नै छन् । त्यसैले अहिले पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन् । यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ ।

फर्कँदै गर्दा मैले उनलाई सोधेँ,”क्याथी तिम्रो विद्यावारिधि पछि के गर्ने विचार छ त ?” उनले भनिन्, “टन्न पैसा कमाउने अनि फ़्लोरिडामा घर किनी बस्ने” एक छिनपछि क्याथीले मलाई त्यही प्रश्न गरिन्,
“व्हाट अबाउट यु ?”
“देश बनाउने ! “
क्याथी, “सरी व्हाट्स द्याट !”

“मेरो नेपाल सम्बृद्ध बनाउने”, मैले विस्तारमा भनेँ, “हेर क्याथी अमेरिका, युरोपमा हाम्रो पुस्तामा जन्मिएका युवाले धेरै लागूऔषधको दुर्व्यसनमा नपरी सरासर आफ्नो काम गरिदिए पुग्छ तर नेपाल जस्तो विकासोन्मुख देशमा जन्मिएका युवाहरूले रमाइलो गर्ने अल्लारे उमेरमै देश बनाउने अभिभारा काँधमा बोकी हिँड्नुपर्ने जिम्मेवारी छ । एक पुस्ताले त्याग-तपस्या नगरी कुनै मुलुक बन्दैन !”

क्याथी, ” गुड लक विद् योर अल एनड्यवर्स !”

हामीले पनि स्थानीय क्षेत्रको आम जनजीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ । उदाहरणको लागि जुम्लामा त्यहीको स्याउ खेती, भण्डारण र जुस प्रशोधनसम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुपर्‍यो भने इलाममा चियासम्बन्धी या खप्तडमा जडीबुटीसम्बन्धी । यसो गरेदेखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केंद्रहरुसँग सहकार्यका बाटा खुल्छन् । पर्यटन को प्रवर्द्धन हुन्छ । मुस्ताङमा वायु-ऊर्जाको सम्भावना तथा हिमाल पारीबाट बादलले नछेक्ने हुँदा ठुला दूर-दर्शक यन्त्रहरू जडान भई खगोल र अन्तरिक्षको अध्ययन गर्ने केन्द्रहरू स्थापित हुन सक्छन् । बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ ।

खै कहाँ छ त त्यस्तो गुरुयोजना ? कुनै एक वैज्ञानिकसँग यस्ता योजना भए पनि नेपालमा कसलाई भन्ने ? नेपालमा आविष्कार र अनुसन्धानमूलक क्षेत्रमा कम लगानी हुने गरेको अवस्थामा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त म्यागासेसे पुरस्कार विजेता डा. महाबीर पुनको अथक मेहनतबाट जन्मिएको राष्ट्रिय आविष्कार केन्द्रले विचारलाई आविष्कारमा बदलेर समाजलाई गुन लगाउन सक्ने युवाको सीप र ज्ञान प्रवर्द्धन गर्दै आएको छ । त्यसमा सरकारले दशकौँ बन्द रहेको कृषि औजार केन्द्र निर्माणमा सघाउन मद्दत मागे पनि आवश्यक रकम नदिँदा महाबीर पुनले आफ्ना विभिन्न मेडल समेत लिलामीमा राखेका छन्।

नेपालमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न नास्ट (NAST) मा प्रस्ताव राखौँ भने चलचित्र बिजुली मसिनको कथा याद आयो । नेपालकै अरू शैक्षिक संस्थाहरू सँग हातेमालो गरी अनुसन्धान गर्ने प्रयास गरौँ भने त्रिभुवन विवविद्यालयमा भएका राजनैतिक नियुक्तिहरूले झस्काउँछन् । हैन नेपालमा सधैँ भरी घुम्ने मेचमाथि अन्धा मान्छे मात्रै बसी रहने ?

देशको विज्ञान र प्रविधिको भविष्यबारे सोच्दा-सोच्दै म धेरै बेर घोरिए । कार्यक्रम समापन भई धेरै सहभगीहरु निस्की सकेछन् । ब्लेज़को आइतबार आफ्नी गर्लफ्रेंडसँग बोस्टनको प्रसिद्ध एनकोर क्यासिनो जाने योजना रहेछ र उ (पूर्व) बोस्टनतर्फ जाने भयो । मैले वेस्टर्न मासाचुसेट्सको एमहर्स्ट (मैले विद्यावारिधि गरेको कलेज) हुँदै जाने मेरी ब्याच मेट कैथरीन सँग फर्किने निर्णय गरेँ ।

फर्कँदै गर्दा मैले उनलाई सोधेँ,”क्याथी तिम्रो विद्यावारिधि पछि के गर्ने विचार छ त ?” उनले भनिन्, “टन्न पैसा कमाउने अनि फ़्लोरिडामा घर किनी बस्ने” एक छिनपछि क्याथीले मलाई त्यही प्रश्न गरिन्,
“व्हाट अबाउट यु ?”
“देश बनाउने ! ”
क्याथी, “सरी व्हाट्स द्याट !”

नेपालमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न नास्ट (NAST) मा प्रस्ताव राखौँ भने चलचित्र बिजुली मसिनको कथा याद आयो । नेपालकै अरू शैक्षिक संस्थाहरू सँग हातेमालो गरी अनुसन्धान गर्ने प्रयास गरौँ भने त्रिभुवन विवविद्यालयमा भएका राजनैतिक नियुक्तिहरूले झस्काउँछन् । हैन नेपालमा सधैँ भरी घुम्ने मेचमाथि अन्धा मान्छे मात्रै बसी रहने ?

“मेरो नेपाल सम्बृद्ध बनाउने”, मैले विस्तारमा भनेँ, “हेर क्याथी अमेरिका, युरोपमा हाम्रो पुस्तामा जन्मिएका युवाले धेरै लागूऔषधको दुर्व्यसनमा नपरी सरासर आफ्नो काम गरिदिए पुग्छ तर नेपाल जस्तो विकासोन्मुख देशमा जन्मिएका युवाहरूले रमाइलो गर्ने अल्लारे उमेरमै देश बनाउने अभिभारा काँधमा बोकी हिँड्नुपर्ने जिम्मेवारी छ । एक पुस्ताले त्याग-तपस्या नगरी कुनै मुलुक बन्दैन !”

क्याथी, ” गुड लक विद् योर अल एनड्यवर्स !”

घर पुगी एक छिन आराम गर्दा साँझ पर्न लागेछ । अब नेपालका घुम्ने मेचमाथि दूरबिनधारी, सूक्ष्म दर्शक यन्त्र चलाउने र कम्प्युटर प्रोग्रामिंग गर्ने मान्छेहरू गएर बसाउन के गर्नु पर्ला भन्ने सोचले पिरोल्यो !

एक जनाले गरेर यो सम्भव छैन । सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्छ । विज्ञान प्रविधिमा सामूहिक रूपमा गर्न खोजेको योजनाको तयारीमा सबै वैज्ञानिकहरू एकजुट हुने बेला आयो । सरकारलाई सुझाव सल्लाह दिऔँ, दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौँ, दक्ष जनशक्तिसँगै पुँजी र प्रविधि भित्र्याऔँ । सम्भव भए सरकारसँग पनि हातेमालो गरी अघि बढौँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै