शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • अल्जाइमरग्रस्त महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ
समाचार

अल्जाइमरग्रस्त महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ

बझाङ ।  बझाङमा अल्जाइमर रोगबाट ग्रसित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  (डीएसपी) भरत शाहका अनुसार जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा महिलालाई आइतबार दिउँसो ३ बजे एक किशोरले करणी गरी फरार भएको खबरपश्चात् प्रहरी पोष्ट बगडगाँउ टोली परिचालन गरेको थियो ।
प्रहरीले खोज्दै जाँदा राति बालुवाटार भन्ने स्थानमा पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको शाहले बताए । बुबाको निधन भइसकेको र आमा कामको शिलसिलामा बाहिर गएको मौका छोपी किशोरले घटना घटाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार