शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • विदेशको सीप, प्रविधि, अनुभवलाई स्वदेशमा लगा‍औं : अर्थमन्त्री
बजार

विदेशको सीप, प्रविधि, अनुभवलाई स्वदेशमा लगा‍औं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।

क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँगको छलफलमा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवम् कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीका लागि आकर्षक रहेको मन्त्री महतले बताए ।

नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्धत गर्न मन्त्री महतले आग्रह गरे । मन्त्री महतले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार