शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल वायुसेवा निगमले गर्‍यो ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी
Breaking News

नेपाल वायुसेवा निगमले गर्‍यो ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी

काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको आषाढ महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो । यस अघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

वर्तमान नेतृत्वले जिम्मेवारी सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको उनको भनाइ छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको पौडेलले बताए ।

निगमले विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार