बुधबार, भदौ २६, २०८१
Breaking News

बालेन्द्र बाहुबली !

बालेन्द्र बाहुबली !

महान् नेपालको मार्गचित्र
बनाउने बहादुर शाह
महान् नेपालको मानचित्र
सजाउने बालेन्द्र शाह !
पृथ्वी नारायणका
जीवित सन्ततिलाई डाह !

बिसाइ हिजोका बन्दुक, बारुद र गोली
अफिम खेतीमा लागे कमरेड आजभोलि
चुच्चे नक्सामा हिजो राष्ट्रवाद घोली
तै पनि आज फ्लप छन् बिचरा ओली
बाका पनि इन्द्र-बालेन्द्र, बालेन्द्र बाहुबली !

दलको दलदल विरुद्ध स्वतन्त्रले पाएको अभिमत
हल्का काम, धेरै नाम, लोक रिझ्याँई नबसोस् लत
महान् नेपालको मानचित्र लगाऔँ,
सँगै महानगर व्यवस्थित पनि बनाऔँ !
काम कर्तव्य छोडी आज, आधि पुरुष बनिन्न भोलि
कामनपाको हाल, मलाई बाल, नभन्नु बालेन्द्र बाहुबली !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार