शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सगरमाथा आरोही रोकायालाई रास्वपाको सम्मान
समाचार

सगरमाथा आरोही रोकायालाई रास्वपाको सम्मान

बझाङ । सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी साइपालकी संगीता रोकायालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मान गरेको छ । बिहीबार जिल्ला सदरमुकाम चैनपुरमा पार्टीले सम्मान गरेको हो ।

साइपालमा जन्मिएर सगरमाथा आरोहण गर्ने पहिलो बझाङी चेली रोकायालाई थप हौसला र प्रोत्साहन गर्न सम्मान गरिएको रास्वपा बझाङका संयोजक नगेन्द्र खड्काले बताए । ‘साइपाल गाउँपालिका जो आफैमा विकट र दुर्गम छ । कमै मात्रामा शिक्षाको पहुँच भएको ठाउँमा जन्मेर छाउपडी प्रथाको अन्त्य गर्ने अभियानसँगै सगरमाथा पुग्नु आफैँमा महान् कुरा हो ।’ संगीतालाई सम्मान गर्दै संयोजक खड्काले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार