शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बझाङ : कुन स्थानीय तहमा कति बजेट ?
अर्थ

बझाङ : कुन स्थानीय तहमा कति बजेट ?

बझाङ । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट बिनियोजन गरेको छ । बझाङका १२ स्थानीय तहमा ३ अर्ब ७५ करोड १५ लाख बराबरको बजेट बिनियोजन गरिएको हो ।

जिल्लामा सबै भन्दा बढी बुंगल नगरपालिकामा ४५ करोड ४६ लाख, जयपृथ्वी नगरपालिकामा ४३ करोड ४९ लाख बजेट विनियोजन भएको छ । त्यस्तै सबैभन्दा कम साइपाल गाउपालिकामा १४ करोड ९६ लाख , केदारस्यूँ गाउँपालिकामा ४१ करोड ६२ लाख , खप्तडछान्ना गाउँपालिकामा ३३ करोड २१ लाख, छविसपाथिभेरा गाउँपालिकामा ३५ करोड ३२ लाख, तलकोट गाउँपालिकामा २४ करोड ५२ लाख बजेट बिनियोजन गरिएको छ ।

थलारा गाउँपालिकामा ३१ करोड ९८ लाख, दुर्गाथली गाउँपालिकामा २५ करोड ३८ लाख, मष्टा गाउँपालिकामा ३२ करोड ६ लाख, बित्थडचिर गाउँपालिकामा २९ करोड ०८ लाख, सुर्मा गाउँपालिकामा १८ करोड ७ लाख बजेट विनियोजन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार