बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • ‘पत्रकारिता भन्याको अरु नौकरी जसो होइन’
बझाङी भाषा

‘पत्रकारिता भन्याको अरु नौकरी जसो होइन’

जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्य हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाईराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी आज हामुले नेपाल पत्रकार महासंघ बझाङ–बाजुरा शाखाका संस्थापक सभापति दयाराम पण्डितसात कुणा अर्याका छौं ।

स्वागत छ तमुखी !

– धन्यवाद ।

तमुले पत्रकारिता अन्र्या बेला कसो छियो बझाङीको अवस्था ?

– मु ता बाजुराको माइस । पत्रकार महासंघको बाजुरा–बझाङ एकै शाखा भयापछि आइरँदो छिया । त्यइ बेला बझाङको विकास त्यसो केइ भयाको छियोइन । सदरमुकाम चैनपुरमी पन गाडी पुग्याका छ्याइन । बिजुुली पन नमाइका छिया । रात दुई घण्टा जति आउँदा छिया । फोन, टेलिफोन छियाइन । इन्टरनेट छियोइन । साह्रै दुःखका दिन छिया । त्यइ बेला फुलिस्केपमी समाचार लेखी फ्याक्सगरी पठाउनु पण्दो छियो ।

उइल रे आजभोल क्या फरक मान्या त पत्रकार रे पत्रकारिता ?

– पत्रकारिता उइल रे अचेलको मस्तै फरक भयाको छ । समयले कैखी काँ पु¥याँउदो । त्यसुई समयले पत्रकारको पत्रकारिता अगाडी बढ्न्या कुणो हो । समस्या त छन् । तर, उइलेका जसा अब समस्या रहेन । अब प्रविधिको जमाना आया । कै ठौर क्या भयो, एकै चुटी था हुँदो छ । टाणाका माइसले पन एकचुटी समाचार सुन्दा छन् । उइल ता मस्तै पुरानो भयापछि हाम्रा समाचार सम्बन्धित ठाउँ पुग्दा छिया । सबुई अभावै अभाव हुनाले जान्या जत्तिको पन अर्न सक्किँदैन छियो ।

खासमा यो पत्रकारिता भन्याको क्या रैछ ?

– यो पत्रकारिता भन्याको ता हुलाकी जसो हो । सबुई ठौर घुुमफेर अरी कुणाकानी जानकारी लिइ, दुुनियाँखी जानकारी हुुन्या कुणा रेडियो, टेलिभिजन, अखबारको माध्यमबाट जानकारी दिनु हो । सबुई ठौर भयाका गतिविधि जनताखी सुनाउनु, जनताको चेत भरिदिनु, राउणो नराउणो जसाको त्यसोइ सुनाउनु हो । त्यो सुनाइदिन्या, ल्याइदिन्या माइस पत्रकार हो ।

यई पत्रकारिताका कामले हाउरा गाउँ ठाउँ फेरिन्ना क ?

पत्रकारिताले मात्तै फेरिन्ना ता मु भन्न सक्तोइन । तर, याका माइसका दुख, पीडा फेरिनाखी भन्या केही सहयोग हुँदो छ । आजभोल पन भयाकोई छ । कन्नेई नरायाका (ओझेल)मा पण्याका राउडा काम ठाँउको उजागर हुँदो छ । अरु माइस पन था पाउँदा छन् । पत्रकार भन्या ता गाउँठाउँको पुल जसो ता हो । जनता रे सरकारका कुणा वणापुणा सुनाइदिन्या ।

पत्रकारिताखी गाउँ ठाउँको चित्र बनाउनाखी क्या काम अर्नु पण्यो त ?

– यो पत्रकारिता भन्याको केइ बनावटी कुुणो होइन । यो भावनामा बहकाउने पन हैन । यो त साँच्ची (सत्य, तथ्य, निष्पक्ष र विश्वसनीयता)का आधारमी भएर घटना सवाल उठाउन्या हो । यो लेखीबन्ट हामुले त्यई ठौरका माइसखी बुझाउन सक्नु पण्यो । बुझाउन सक्या मात्तै चित्र हन्या हो ।

पत्रकारले केइ नानु लेख्या पन, सम्चार बनाया पन माइकी दिँदा, कुट्न आउँदा छन् न । यिनको सुरक्षा कन्नेई अर्नु पण्दोइन ?

– पत्रकारको सुुरक्षा सरकार दिइसक्तोइन । सबईखी दिइबन्ट साध्य पन हुँदोइन । पत्रकार आफूई होसियार भन्या हुनुपण्दो छ । केइभन्या दुुनियाँमा राम्रो र नराम्रो काम भइरँदो छ । मान्छेको सोच विचार मन भावना एकई नासा हुँदाइन । पत्रकार पन यहि ठौरको हो । समाज सुुधार अन्र्या हो भन्या प्वाँणी (झुटो) कत्ति पन लाउनु भयोइन । आग्रह पूर्वाग्रह हुनुभयोइन । समाचार साँच्ची लेख्या कोइ केई अरिसक्तोइन । आफू असुरक्षित भयाँ सुरक्षा निकायमी खबर अरी राख्नु पण्डो छ ।

पत्रकारखी बाँच्नाखी पन केइ कार्यक्रम हुँदाइन ? कि क्या हुँदा छन् ? तम्रा पाला कसो छियो ?

जई पत्रकारले समाचार लेखेर जुन मिडिया हाउसमा छपाउन, सुुनाउन दिनुछ उसै मिडियाले पत्रकारखी तलब (पारिश्रमिक) दिन्या हो । याँ भन्या समाचारको पैसा कमै छ । हाम्रो पाला पन रूप्याँका ता यसाई दुःख हुन् । कोइ बणी चाप्लुसी अर्न्या  बाला अचेल पन कमाउँदाई, उइल पन कमाइयोइ । नानु तिनु पन समाजकाई लागि लाग्न्याका केइ हुँदोइन । सरकारले केइ कार्यक्रम ल्याया ता हुँदो हो रे । अछि अर्खो कुणा पत्रकारिता पैसाभन्दा पन नाम कमाउने सेवा गर्ने पेसा हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार