शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको ज्यान गयो
Breaking News

फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको ज्यान गयो

काठमाडौं । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उन चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार