शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनमा रुस–युक्रेन युद्धको असर
समाचार

जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनमा रुस–युक्रेन युद्धको असर

काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनका मुख्य मुद्धा रुस–युक्रेन युद्धको कारण छायामा परेका छन् । रुस–युक्रेन मुद्दामा भएको विमतीका कारण दुईदिने सम्मेलनपछि संयुक्त वक्तव्य समेत निस्कन सकेन । सम्मेलनपछि प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकपछि संयुक्त वक्तव्य आउन नसक्नुमा रुस–युक्रेन युद्धबारे जी–२० देशबीच फरक–फरक धारणा रहेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतसहित १७ देशले युक्रेनको मुद्धामा एउटा धारणा राखे पनि चीन र रुसले त्यसलाई नमान्दा संयुक्त वक्तव्य आउन नसकेको उनको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयले पनि युक्रेन मुद्दाले नै संयुक्त वक्तव्य आउन नसकेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । जी–२० देशमा विश्वको ८५ प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन हुन्छ भने ७५ प्रतिशत विश्वव्यापी व्यापार हुने तथ्यांक छ । यी देशहरुमा विश्वका दुई तिहाइ जनसंख्या बसोबास गर्छन् । अन्तर्राष्ट्रिय आर्थिक मुद्दामा विश्वव्यापी सहकार्य गर्ने लक्ष्य रहेको संगठनको दिल्ली सम्मेलनमा रुस–युक्रेन युद्धमै बढी केन्द्रित रहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

एउटा पृथ्वी, एउटा परिवार र एउटै भविष्यु नाराका साथ जी–२० सम्मेलनका बैठकहरू गरिरहेको भारतले अस्ति र हिजो जी–२० परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै