मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • राजा त अब बुद्धिचालको बोर्डमा सुहाउँछ
Breaking News

राजा त अब बुद्धिचालको बोर्डमा सुहाउँछ

पाँच वर्षमा अर्को उदाउँछ

राजा त अब बुद्धिचालको बोर्डमा सुहाउँछ
लोकतन्त्रमा जनताको छोराले देश चलाउँछ ।

हात्ती, घोडाको घमण्ड गर्ने गर्नेहरूका दिन गए
सबल लोकतन्त्रमा प्यादाको पनि दिन आउँछ ।

सयौँ वर्ष हेपाई पाए जनताले पिउसा बनेर
अवसर पाए प्यादाले पनि चेक मेट गराउँछ ।

जन्मसिद्ध गद्दी हैन, प्रतिष्पर्धाको जमाना छ
जेठो छोरा सधैँ योग्य हुन्न इतिहासले देखाउँछ ।

लोकतन्त्रको विकल्प अझै मजबुत लोकतन्त्र हो
नेतृत्व सफल नभए पाँच वर्षमा अर्को उदाउँछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार