शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा स्तरोन्नतीएवंविस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर
Breaking News

चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा स्तरोन्नतीएवंविस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नतिगर्नेबारे सम्झौतापत्रमा हस्ताक्षरभएको छ । आज मंगलबार एक कार्यक्रमकाबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालका रुपमा विस्तार गर्न दुईपक्षवीच सम्झौता भएको हो ।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुदा यहाँका वासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य विरामी हुदा समेत यहाँका वासिन्दालाई उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यएवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधा सहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए । चुनावी प्रतिवद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो । चौधरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । फाउण्डेसन र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालमा सहज र झन्झट मुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ । सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट विरामीहरुले स्थानीयतहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन् ।

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवा सहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टाआपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियललिम्ब (कृत्रिमहातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ । अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि सझदारी भएको छ । अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन,प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञलगायतको सेवा उपलब्धहुनेछ ।

अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ । सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिक्रियादिदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञ सहितको सेवाप्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तगर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएकाथियौं । अबत्यसले साकार रुपलिनलागेको छ । आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टिकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु ।’

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (सुप) पवनअग्रहरीले विनोद चौधरी सांसद निर्वाचित भएपछि विकासका कामहरु अगाडि बढेको बताए । उनले चौधरी बोल्नेभन्दा काम गर्ने नेता भएको बताए । ‘उहाँ (चौधरी) ले जिते लगत्तै आफ्नो टीम अस्पताल पठाउनुभयो । टीमले अस्पतालका समस्या औंल्याउनुभयो,’ सम्झौता कार्यक्रममा उनले भने, ‘अस्पताल सुधारका लागि सहयोग गर्ने बाचादिनुभयो र छोटो समयमै आज सम्झौता भएको छ । उहाँहरुसँगको सहयोगमा अस्पतालले फड्को मार्छ भन्नेमा म विशस्त छु ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार