शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • टर्कीमा गएको भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएयो
समाचार

टर्कीमा गएको भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएयो

काठमाडौं । टर्कीमा गएको भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको छ । गएको माघ २३ गते गएको भूकम्पमा परेकाहरूको खोजी कार्य सकिएको टर्की सरकारलाई उद्धृत गर्दै कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ । भूकम्पमा परेर टर्कीमा ४० हजार छ सय ४२ जनाको ज्यान गएको छ । टर्कीको सीमामा रहेको सिरियामा यसअघि नै खोजी कार्य सकिएको घोषणा भएको थियो । सिरियामा पाँच हजार आठ सय जनाभन्दा धेरैको ज्यान गएको छ । टर्की भूकम्पका कारण दुवै देशमा गरी ज्यान गुमाउनेको सङ्ख्या ४६ हजार नाघेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दुवै देशमा गरी दुई करोड ६० लाख जनाभन्दा धेरै मानिसलाई तत्काल राहत आवश्यक रहेको बताएको छ । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको सात दशमलव आठ र सात दशमलव पाँच रेक्टर स्कलेको भूकम्पबाट अकल्पनीय क्षति भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै