शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मौसमी प्रणालीको प्रभाव न्यून हुँदै
समाचार

मौसमी प्रणालीको प्रभाव न्यून हुँदै

काठमाडौं । नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ । हाल प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भए पनि देशका बाँकी भू भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं। १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार